सङ्खुवासभाको चैनपुर–२ का वडाध्यक्ष शेर्पाको निधन | Khabarhub Khabarhub

सङ्खुवासभाको चैनपुर–२ का वडाध्यक्ष शेर्पाको निधन


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– सङ्खुवासभाको चैनपुर नगरपालिका–२ का अध्यक्ष काजी शेर्पाको निधन भएको छ । नगरप्रमुख भरत खत्रीका अनुसार वडाध्यक्ष शेर्पाको बिहीबार राति १२ बजे उनकै निवास मयुममा निधन भएको हो ।

क्यान्सर रोगबाट पीडित शेर्पा ८ महिनाअघि देखि उपचार गराइरहेका थिए । विसं २०२५ फागुन १३ गते मयुममा जन्मिएका शेर्पा शिक्षक पेशाबाट अवकाश लिएर अध्यक्ष भएका थिए ।

उनी तत्कालीन नेकपा (एमाले)बाट विजयी भएका हुन् । शेर्पाको मयुममा नै शुक्रबार दिउँसो अन्त्येष्टि गरिएको नगरप्रमुख खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ७ : १२ बजे

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार