श्रम मन्त्रालयको ४ महिनाको कार्यसम्पादन ७०.५ प्रशित | Khabarhub Khabarhub

श्रम मन्त्रालयको ४ महिनाको कार्यसम्पादन ७०.५ प्रशित


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गत साउन महिनामा सवै मन्त्रालयसँग काम गर्ने विषयमा कार्यसम्पादनमा सम्झौता गरेका थिए । पछिल्लो ४ महिनामा भित्र कार्यसम्पादन अनुसार भएका कामको विवरण सावजानिक भएको छ ।

आर्थिक वर्षको पहिलो चार महिनामा कुनै पनि मन्त्रालय र निकायले आफैंले निर्धारण गरेको लक्ष्यसमेत प्राप्त गर्न सकेनन् । श्रम मन्त्रालयले यो ४ महिनामा प्रधानमन्त्री कार्यलयसँग सम्झौता गरेरअनुसार ७० प्रतिशत काम गरेको विवरणमा जनाइएको छ ।

श्रम मन्त्रालयको २८.प्रतिशत काम हुने चरणमा रहेको विवरणमा छ । भने १.५ प्रतिशत काम हुन बाँकी रहेको विवरणमा उल्लेख छ ।

श्रम मन्त्रालयले १ सय ६५ वटा कामका लागि कार्यसम्पादन गरेको थियो । जसमा ७०.५ प्रतिशत काम सम्पन्न गरेको छ । यो अवधिमा कुल बजेटको ५.७ प्रतिशत रकम सकिएको छ ।

श्रम मन्त्रालयको ८५ प्रतिशत बजेट प्रधानमन्त्री रोजगार कार्यक्रममा गत आर्थिक वर्षदेखि खर्च हुँदै आएको छ । पहिलो चौमासिकमा कार्यक्रमका लागि योजना र प्रस्ताव माग गर्ने मात्र काम भएको विवरणमा उल्लेख छ ।

आगामी पौष एक गतदेखि कार्यक्रममा खर्च हुने श्रम मन्त्रालयले जनाएको । श्रम मन्त्रालयको नेतृत्व कात्तिक मसान्तसम्म गोकर्ण विष्टले गरेका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ४ : ४५ बजे

हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयद्वारा तीन बुँदे निर्देशन

काठमाडौं– गृह मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले

एकीकृत समाजवादी दलको बैठक, विकसित परिस्थितिबारे अध्यक्ष नेपालको ब्रिफिङ

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलको बैठक अहिले संसद्

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा 

काठमाडौं–  एभरेष्ट बैंकले वीरगञ्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय

अग्निीपीडितलाई नगरपालिकाको सहयोग

सिरहा– सिरहाको लहान नगरपालिका–१७ का आगलागीपीडित रामदेव राम र रामेश्वर

के मुख खोलेर सुत्नु खतरनाक हुन्छ ?

काठमाडाैं- हामी धेरैलाई आफ्नो मुख खोलेर सुत्नु ठूलो कुरा हाे जस्तो