वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकलाई सिमकार्ड सित्तैमा | Khabarhub Khabarhub

वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकलाई सिमकार्ड सित्तैमा


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा नयाँ खाता खोल्ने ग्राहकले नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले निःशुल्क रुपमा जिएसएम सिमकार्ड सित्तैमा पाउने भएका छन् ।

बिहीबार राष्ट्रिय वाणिज्य बैंक र नेपाल दूरसंचार संस्थाबीच बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुलाई निःशुल्क रुपमा जिएसएम सिमकार्ड उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) किरणकुमार श्रेष्ठ र दूरसंचार कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात हालसम्म सिमकार्ड नलिएका राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुलाई नेपाल टेलिकमबाट उपलब्ध हुने जिएसएम सिमकार्ड निशुल्क रुपमा उपलब्ध गराउने छ ।

कार्यक्रममा बैंकका सीईओ किरणकुमार श्रेष्ठले यो सहकार्यले प्रतिस्पर्धी रुपमा सेवा प्रदान गर्न थप उर्जा मिल्ने बताएका छन् । उनले आगामी दिनमा दुई ठूला सरकारी संस्थाहरुले अन्य क्षेत्रमा पनि सहकार्य गरेर जान सकिने बिचार व्यक्त गरेका छन् । एनटीसीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले दुबै संस्थाको यो व्यवसायिक सहकार्यबाट समाजलाई फाईदा पुग्ने बताएका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १० : ४६ बजे

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि

माङसेबुङमा मुढा पहिलो, एमाले दोस्रो

इलाम– किरात धर्मावलम्बीहरुको पवित्र स्थल रहेको माङसेबुङ गाउँपालिकाको मतगणना सकिएको

बझाङ अपडेट : एमाले १०३६३, कांग्रेस–१०३५४, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मधेसवादीभन्दा राजावादी पछाडि !

काठमाडौं– देशमा राजावादी जनमत बढेको जबजरजस्त भाष्य निर्माण भइरहेको अवस्थामा

धनुषामा पुरुषको शव फेला 

काठमाडौं– धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला