योजनाबद्ध विकासलाई अघि बढाउँछु : मन्त्री नेम्वाङ | Khabarhub Khabarhub

योजनाबद्ध विकासलाई अघि बढाउँछु : मन्त्री नेम्वाङ


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर- भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले विकास निर्माणलाई योजनाबद्ध रुपमा अघि बढाइने बताएका छन् ।

पूर्वाधार निर्माणमा छिटोभन्दा छिटो उल्लेख्य प्रगति आवश्यक रहेको भन्दै उनले यसका लागि योजनाबद्ध रुपमा विकास गरिने उल्लेख गरे ।

मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला पाँचथर पुगेका मन्त्री नेम्वाङले कार्यकर्तासँगको भेटघाटमा सानादेखि ठूलासम्म योजना अघि बढाउने दायित्व आफ्नो भएको बताए ।

नागरिकको सहजतालाई प्राथमिकतामा राखेर काम अघि बढाइने उनले स्पष्ट पारे । मन्त्री नेम्वाङले भने, ‘नागरिक र पार्टीको अपेक्षा तथा दिशा निर्देशअनुसार कुनै कसर बाँकी नराखी कामलाई अघि बढाउँछु ।’

सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभिभारा पूरा गर्न धेरै चुनौती र अप्ठ्यारा रहेको बताउँदै मन्त्री नेम्वाङले यो कार्यमा सरकारलाई सहयोग गर्न आग्रह पनि गरे ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ६ : ३० बजे

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास