जुवातास खेल्दा के हुन्छ सजाय ? मुलुकी अपराध संहितामा यस्तो उल्लेख छ | Khabarhub Khabarhub

जुवातास खेल्दा के हुन्छ सजाय ? मुलुकी अपराध संहितामा यस्तो उल्लेख छ


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रहरीले देशका विभिन्न भागमा गैरकानूनी रुपमा जुवातास खेल्ने खेलाउनेविरुद्ध अभियान नै थालेको छ । जुवातास खेल्ने/खेलाउनेविरुद्धको अभियानका क्रममा सोमबार एक सय तीन जनालाई पक्राउ गरेको छ ।

भक्तपुर, गुल्मी, बर्दिया, चितवन र दाङबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १ सय ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आज बिहान भक्तपुरको गुण्डु र ताथलीबाट १४ जना पक्राउ परेका र उनीहरूबाट रु तीन लाख नगद बरामद भएको छ । यसैगरी गुल्मीको गुल्मीदरबार गाउँपालिकाबाट १७ जनासहित रु दुई लाख ८२ हजार र बर्दियाको बाँसगढी र राजापुर क्षेत्रबाट ३१ जना समातिएका छन् ।

उनीहरूबाट रु दुई लाख ३६ हजार, तासका कैयौँ प्याकेट र कौडा बरामद गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

चितवनको खैरहनी नगरपालिका र भरतपुर महानगरपालिका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिइएका ३२ जनाबाट रु पाँच लाख ७५ हजार खिचिएको छ । दाङको लमही नगरपालिका–५ आज बिहान पक्राउ गरिएका आठजनाबाट १६ गड्डी तास र ३२ थान कौडासहित नगद रु छ लाख ७८ हजार बरामद भएको छ ।

के सजाय हुन्छ ?

जुवातास खेल्ने खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ। नयाँ अपराध संहिता लागु हुनु अगाडि सजायको व्यवस्था निकै कम भएको र त्यसले जुवातास नियन्त्रण नहुने धेरैको मत थियो।

जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिबाना र दोस्रोपटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था थियो।

तर २०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ।

उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ।

दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ।

दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नु पर्ने व्यवस्था छ।

जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पुर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ। तर जुवा खेलेको घर वा कोठा वा ठाउँ वा सवारीसाधन भने जफत हुँदैन।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ८ : ५२ बजे

आतंककारी च्यानल भन्दै इजरायलले अल जजिरालाई लगायाे प्रतिबन्ध 

काठमाडौं– इजरायलले अल जजिरा नेटवर्कलाई प्रतिबन्ध लगाएको छ । इजरायलको

जसपाबाट विभाजित समूह सत्ता गठबन्धनमै रहने, सरकार पनि नछाड्ने

काठमाडौं – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाललाई विभाजन

उपेन्द्र यादवलाई छाडेर नयाँ दलतिर जसपाका यी ७ सांसद

काठमाडौं-  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई ठूलो झट्का

जलवायु परिवर्तनको असरबारे जापान चिन्तित, हिमाल जोगाउन सबैले सहकार्य गरौँ : परराष्ट्रमन्त्री योको

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा आएकी जापानकी परराष्ट्रमन्त्री कामीकावा

जसपा विभाजित भएपछि राजकिशोरले भने, ‘सिरहाको गाउँमा छु, बल्ल थाहा भयो’

काठमाडौं– सत्तारूढ जनता समाजवादी पार्टी विभाजन भएको छ । पार्टी