एन्फा र चाइनिज फुटबल संघबीच तीन बुँदे सम्झौता | Khabarhub Khabarhub

एन्फा र चाइनिज फुटबल संघबीच तीन बुँदे सम्झौता


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) र चाइनिज फुटबल संघ (सीएफए) बीच ४ वर्षका लागि ‘एमओयू’मा हस्ताक्षर भएको छ । विहीबार राजधानीमा दुई देशका प्रतिनिधिबीच सम्झौता पत्र ‘एमओयु’मा हस्ताक्षर भएको हो ।

नेपालका तर्फबाट एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र चीनका तर्फबाट खेलकुद सहायक मन्त्री तथा ‘सीएफए’का कार्यबहाक अध्यक्ष डु जानकाईले एमओयूमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौताले नेपाल र चीनको फुटबल विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले सिएफएका कार्यबहाक अध्यक्ष जानकाईको नेपाल भ्रमणले सकारात्मक सन्देश दिएको बताए ।

सम्झौताका तीन बुँदा

  •  दुवै देशका राष्ट्रिय टोलीका खेलाडी, युवा टोली तथा महिला फुटबल टोलीहरुबीच मैत्रीपूर्ण खेलहरु खेलाइने ।
  •  नेपाली फुटबलको पूर्वाधार विकासलाई जोड दिइने ।
  •  भौतिक तथा प्राविधिक पक्षमा सहयोग आदान–प्रदान ।

कार्यक्रममा नेपाल र चीनका प्रतिनिधिहरुलो मायाको चिनो आदानप्रदान गरेका थिए । एन्फा अध्यक्ष शेर्पाले खेलकुद सहायक मन्त्रीलाई आँखी झ्याल र नेपाली उत्पादन गलैचा प्रदान गरेका थिए भने खेलकुद सहायकमन्त्रीले सीएफएको झण्डा दिएका थिए । सम्झौता कार्यान्वयका लागि चाँडै नेपाल तथा चिनियाँ राष्ट्रिय फुटबल टोलीबीचको मैत्रीपूर्ण खेल आयोजना गरिनेछ ।

नेपाली फुटबलले गति लिन नसकेको यथार्थलाई मनन गर्दै नेपाली फुटबलको विकासमा यस सम्झौताले ठूलो सहयोग पुग्नुका साथै महिला फुटबललाई अझ प्राथमिकतामा राखिने एन्फा अध्यक्ष शेर्पाले बताए ।

“जानकाइसँग मेरो पहिलो भेट फिफा कंग्रेस भेलामा भएको थियो । जहाँ मैले उहाँलाई लन्च कार्यक्रममा भेट्ने अवसर पाएँ । उक्त भेटमै नेपाल र चीन भौगोलिक रुपमा नजिक भएपनि फुटबलमा टाढा रहे जस्तो महसुस भयो । त्यसलाई तोड्न मैले नेपाल भ्रमणका लागि निमन्त्रणा पठाएँ,” एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने, “पहिलो पटक भएको यो सम्झौताले नेपाली फुटबलमा ठूलो योगदान दिनेछ । अहिलेलाई तीन बुँदे सम्झौता भएपनि विस्तारै अन्य विषयहरुमा सहयोग आदान प्रदान हुन्छ ।”

त्यस्तै, सहायक मन्त्री जानकाइले यो सम्झौताले युवा तथा महिला फुटबलमा ठूलो सहयोग मिल्ने बताए । उनले भौतिक पूर्वाधारबारे पनि सम्झौता भएकाले अहिले नै के के हुन्छ भन्न नसकिए पनि महत्वपूर्ण सहयोगका साथै उपलब्धि हात पर्ने दाबी गरे ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ७ : ४४ बजे

अपाङ्ग तथा ज्येष्ठ नागरिकका लागि घुम्ती शिविर

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अनिल शाहको अर्धशतक

काठमाडौै- अनिल शाहले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर असिफ आउट

काठमाडौं– आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन्

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ