चारवटा शव परीक्षण सकियो, पहिचानका लागि आफन्तको ‘स्याम्पल’ संकलन | Khabarhub Khabarhub

चारवटा शव परीक्षण सकियो, पहिचानका लागि आफन्तको ‘स्याम्पल’ संकलन


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव पहिचानमा गर्न समस्या भएपछि अस्पतालले मृतकका आफन्तहरुको नमूना संकलन गरेको छ ।

विहीवार दिउँसो त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक मेडिसिन विभागमा पोष्टमार्टमको लागि लगिएको शव पहिचानमा समस्या आएपछि आफन्तहरुको स्याम्पल पनि लिइएको पोष्टमार्टममा संलग्न एक चिकित्सकले खबरहबलाई बताए ।

उनले भने, ‘मृतकहरुको शव चिन्न सकिने अवस्था थिएन, त्यसैले शव पहिचान गर्न कठिन भएको छ, हामीले शव पहिचान गर्न मृतकका आफन्तहरुको पनि स्याम्पल लिएका छौं ।’

पोष्टमार्टमको काम जारी रहेकाले आजै बेलुका ९ बजेसम्ममा शव पहिचानको काम सकिने अस्पताल स्रोतको भनाइ छ ।

‘पोष्टमार्टमको काम चलिरहेको छ, ४ जनाको शवको परीक्षण लगभग सकिएको छ, परीक्षण गरिएका शवको आफन्तको नमूनासँग म्याच गर्न बाँकी छ, सबैको पोष्टमार्टमको काम ९ बजेसम्ममा सकिन्छ’ पोस्टमार्टममा संलग्न एक चिकित्सकले भने ।

पोष्टमार्टम पुरा भएपछि अस्पतालले सम्पूर्ण जानकारी सहितको बुलेटिन निकाल्ने जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ६ : १७ बजे

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका