बसबाट हाम फाल्दा एक जनाको मृत्यु, ३ घाइते | Khabarhub Khabarhub

बसबाट हाम फाल्दा एक जनाको मृत्यु, ३ घाइते


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा– धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कात्तिकेमा  ब्रेकफेल भएपछि बसबाट हामफाल्दा एक जनाको मृत्यु भएको छ ।

धरानबाट धनकुटातर्फ आउँदै गरेको को.१ ख.७१६९ नम्बरको बस अचानक ब्रेकफेल भयो । ब्रेक फेल भएको थाहा पाएपछि गुडिरहेको बसको ढोकाबाट हामफाल्दा पहिचान खुल्न नसकेका करिव ६० बर्षीय बृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचारकै क्रममा दिउँसो उनको निधन भएको धनकुटाका ट्राफिक प्रहरी दीपक खड्काले जानकारी दिए ।

उनका अनुसार बस अनियन्त्रित भएर गुड्ने क्रममा ठोक्किएर तीन जना घाइते भएका छन् । घाइते हुनेमा धनकुटाको छथर जोरपाटी गाउँपालिकाका ईन्द्रबहादुर मग्रान्ती, कृष्णकुमारी तामाङ र सहिदभूमीका सोनु राई छन् ।

उनीहरुको बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घटनापछि बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ६ : १२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र