भारतीय पाइलटलाई शुक्रबार रिहा गरिन्छ : इमरान खान | Khabarhub Khabarhub

भारतीय पाइलटलाई शुक्रबार रिहा गरिन्छ : इमरान खान


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानले आफ्नो कब्जामा रहेका भारतीय वायुसेनाका पाइलटलाई शुक्रबार रिहा गर्ने भएको छ । पाकिस्तानी संसद्को संयुक्त सभालाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शुक्रबार भारतीय पाइलटलाई रिहा गर्ने जनाएका हुन् ।

दुई मुलुकबीच जारी संकट समाधानको कदमस्वरुप पाकिस्तानले भारतीय वायुसेनाका पाइलट विङ कमाण्डर अभिनन्दनलाई शुक्रबार रिहा गर्ने जनाएका हुन् ।

उनले पाकिस्तान र भारतबीच जारी संकट समाधान गर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन सम्पर्क गर्न खोजेपनि मोदीले त्यसलाई अस्वीकार गरेको आरोप समेत लगाए ।

उनले पाकिस्तान र भारतबीचको संकटलाई नियन्त्रणभन्दा बाहिर जान नदिन दुबै मुलुकबीच शान्तिपूर्ण समाधानका लागि वार्ताको बाटो उपयुक्त रहेको समेत जनाएका छन् ।

भारतले आफ्नो भूमिमा गरेको भनिएको हवाई आक्रमणको जवाफ दिन नभई आफ्नो क्षमता देखाउन पाकिस्तानी सेनाले भारतीय वायुसेनाको मिग २१ लडाकु विमान खसालेको प्रधानमन्त्री खानको भनाइ छ ।

उनले कश्मीरको समस्याका लागि भारत र पाकिस्तानबीच सघन वार्ता हुनुपर्नेमा जोड समेत दिएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ५ : ३८ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र