छोराको शव काठमाडौं ल्यापछि पोखरा हिँडे रवीन्द्रका बुवाआमा | Khabarhub Khabarhub

छोराको शव काठमाडौं ल्यापछि पोखरा हिँडे रवीन्द्रका बुवाआमा


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका बुवा आमा पोखरास्थित घर फर्किएका छन् ।

मन्त्री अधिकारीका बुवा आमासहितका आफन्तहरु ताप्लेजुङबाट शव काठमाडौं ल्याएपछि पोखरा गएका हुन् । मन्त्री अधिकारीको भोलि पोखरामा अन्त्येष्टी गर्ने कार्यक्रम छ ।

छोरा रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएको खबर पाएसँगै बुवा आमा बेहोस भएका थिए । बुवा इन्द्रप्रसाद अधिकारी र आमा लक्ष्मी अधिकारी बेहोस भएका उनीहरुलाई हिजो हवाइजहाजबाट काठमाडौं ल्याइएको थियो ।

बुधबार(हिजो) साँझ प्रधानमन्त्री केपी ओली मन्त्री अधिकारीका बुवा आमालाई भेटेर समवेदना दिन मन्त्री क्वाटर पुगेका थिए ।

शव काठमाडौंमा  भिडियो

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ३ : १३ बजे

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ