नेकपा सचिवालय बैठक– पार्टीको झण्डा आधा झुकाउने, २३ गते श्रद्धान्जली सभा गर्ने | Khabarhub Khabarhub

नेकपा सचिवालय बैठक– पार्टीको झण्डा आधा झुकाउने, २३ गते श्रद्धान्जली सभा गर्ने


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका नेता एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधनमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

विहीवार बालुवाटारमा बसेको सचिवालय बैठकले आज पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘आज पार्टीको झण्डा आधा झुकाउने र तीन दिनसम्म पार्टी कार्यालयहरुमा शोक पुस्तिका राख्ने निर्णय गरिएको छ ।’

त्यस्तै नेकपाले आगामी २३ गते श्रद्धान्जली कार्यक्रम गर्ने भएको छ ।

सचिवालय बैठकले दुर्घटनामा परि निधन भएकाको परिवारको आर्थिक स्थिति र आवश्यकता समेत हेरेर उपयुक्त सहयोग गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  १२ : ३० बजे

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ