एजेन्सी- फरवार्ड सजियो अग्युरोको गोलमा म्यानचेस्टर सिटीले वेष्ट हाम युनाइटेडलाई पराजित गरेको छ । इङ्ग्लीस प्रिमियर लिगमा बुधबार राति भएको खेलमा सिटीले वेष्ट हामलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
जितसँगै सिटी शीर्ष दोस्रो स्थानमा आफुलाई कायमै राखेको छ । सिटी र लिभरपुलबीच १ अंकको तलमाथि छ । समान २८ खेलल खेलेका लिभरपुलसँग १ अंकको दुरी राखेको सिटीले लिभरपुलको १ अंक खोस्दै शीर्ष स्थानमा उक्लिने लक्ष्य खोजिरहेको छ ।
त्यसैक्रमलाई निरन्तरता दिन सिटीले बुधबार वेष्ट हामलाई परमजित गरेको हो । त्यस्तै, बुधबारै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले क्रिष्टल प्यालेसलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । युनाइटेडका लागि रोमेलु लुकाकले २ गोल र आसले योङले एक गोलका गरेका थिए भने क्रिष्टलका जोइल वार्डले एक गोल फर्काएका थिए ।
जीत हासिल गरेको युनाइटेड ५५ अंकसहित ५ औं स्थानमा छ भने पराजित क्रिष्टल प्यालेसको ३० अंक छ । त्यस्तै, आर्सनलले बर्नमाउथमाथि ५-१ गोलको जित हात पार्दै प्रिमियर लिगको शीर्ष चारमा उक्लिएको छ ।
प्रतिक्रिया