बार्सिलोनासँग ३–० गोल अन्तरले हार्‍यो रियल मड्रिड | Khabarhub Khabarhub

बार्सिलोनासँग ३–० गोल अन्तरले हार्‍यो रियल मड्रिड


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लुईस स्वारेजको २ गोलसँगै स्पेनिस महारथी बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ । मड्रिडलाई पराजित बार्सिलोना एल क्लसिकोमा छैठौं पटक फाइनालमा पुगेको छ।

बुधबार राति स्पेनिस कोपा डेल रे को दोस्रो लेग मा बार्सिलोनाले रियललाई ३—० ले पराजित गरेपछि बार्सिलोनाले फाइनलमा स्थान बनाएको हो । कप्तान लियोनल मेसीले गोल नगरेको दिन पनि बार्सिलोनाले रियलमाथि सहज जित हासिल गर्न सफल भएको हो ।

स्टाडिओ सान्टिआगो बर्नबेउमा भएको खेलको पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । यसअघि क्रिष्टियानो रोनाल्डो रियल मड्रिडमा रहँदा बार्सिलोना र रियलको खेललाई बार्सिलोना कप्तान लियोनल मेसी र रोनाल्डोबीचको जित हारका रुपमा लिने गरिन्थ्यो ।

रियलको घरेलु मैदानमा मेसीले गोल नगरेको खेलमा लुईस स्वारेज एक्लैले २ गोल गरे । उनले खेलको ५० औं मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने ७३ औं मिनेटमा बार्सिलोनाले पाएको पेनाल्टी प्रहार गर्दै टिमलाई दोहोरो अग्रता दिलाए । त्यसअघि रियलका राफल भरानेले खेलको ६९ औं मिनेटमा आत्मघाती गोल गर्दा बार्सिलोनाले एक गोल उपहार पाउँदा रियललाई ३—० ले पराजित गर्यो ।

मे २२ मा हुने फाइनलमा रियल बाटिस्टा र भ्यालेन्सियाबीचको बिजेता टोलीले बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  १० : ४१ बजे

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि