काठमाडौंमा मात्र वार्षिक दुई अर्बभन्दा बढीको ठगी | Khabarhub Khabarhub

काठमाडौंमा मात्र वार्षिक दुई अर्बभन्दा बढीको ठगी



काठमाडौं– काठमाडौंमा विभिन्न बहानामा ठगी गर्ने गिरोह सक्रिय छन् । कहिले कसैको कमजोरीमा टेकेर त कहिले प्रलोभनमा पारेर यो या त्यो अनेक जुक्ती लगाएर स्वार्थसिद्ध गर्ने गिरोह बढेको प्रहरी तथ्याङकबाट देखिएको छ । तथ्याङ्क अनुसार, काठमाडौंबाट मात्र वार्षिक २ अर्ब भन्दा बढी रकम ठगी हुने गरेको देखिन्छ ।

यस्तो छ ठगीको वास्तविकता

गत फागुन ९ गते राति महानगरीय प्रहरी परिसर काठमाडौंले दरबारमार्गको डेजाभु क्लबका सञ्चालकसहित तीनजनालाई ठगीको आरोपमा पक्रियो । पक्राउ पर्नेमा क्लबका सञ्चालक प्रतीक श्रेष्ठ, हवल्दार समीप शिल्पकार र प्रवेश श्रेष्ठ छन् । परिसर प्रवक्ता होविन्द्र बोगटीका अनुसार विश्वराम श्रेष्ठको २ करोड रुपैयाँ नदिई ठगी गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो । अहिले उनीहरु विरुद्ध ठगी मुद्दामा अनुसन्धान भइरहेको छ ।

त्यस्तै फागुन १० गते मात्र प्रहरीले काठमाडौंको गोंगबुबाट विदेशी रकम साट्ने बहानामा ठगी गरेको अभियोमा तीनजनालाई पक्रियो । पक्राउ पर्नेमा सिन्धुलीका धर्म सिंह घिसिङ्ग, लालबहादुर घिसिङ्ग र नवलपरासीका उपबहादुर गाहा मगर छन् । उनीहरुले विदेशी रकमको बन्डल भित्र कागज राखि सोझा साझा व्यक्तिलाई ठगी तथा लुटपाट समेत गर्ने गरेको प्रहरीको दाबी छ ।

फागुन १ गते मात्र पनि ६७ जनाबाट झन्डै तीन करोड रुपैयाँ ठगी गरेको आरोपमा अधिवक्ता गोपाल शिवाकोटी पक्राउ परे ।

सर्वोच्च अदालतको पूर्व न्यायाधीश पवनकुमार ओझा, अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, भरत कार्कीलगायत ६७ जनाले आफूहरुलाई ठगी गरेको भन्दै उजुरी दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले शिवाकोटीलाई पक्रिएको हो । उनले कन्सल्टेन्सी खोल्न भनेर २ करोड ७६ लाख रुपैयाँ उठाएर ठगी गरेको प्रहरीको भनाइ छ । यी घटना त केही प्रतिनिधीमुलक उदाहारण मात्र हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख बसन्त पन्तका अनुसार, दिनहुँजसो प्रहरीको ठगीका उजुरी पुग्छन् ।

यस्तो छ ठगीको तथ्याङ्क

ठगी संख्या विगो रकम

आर्थिक बर्ष २०७३/७४–८४८ २,२०,३३,६८,८३४
आर्थिक बर्ष २०७४/७५–४१७ ५२३,०९७,९३३
आर्थिक बर्ष २०७५/७६–१६३ ७४९,१६३,१०८ (पुस मसान्त सम्म)

काठमाडौंमा मात्र वर्षेनी दुई अर्ब भन्दा बढी ठगी

आर्थिक बर्ष २०७३/७४ मा मात्र नेपाल प्रहरीको महानगरीय अपराध महाशाखामा ८ सय ४८ वटा विभिन्न शिर्षकमा ठगीका उजुरी पुगे । ती घटनामा २ अर्व २० करोड भन्दा बढी ठगी भएको रहस्य खुलेको थियो । त्यस्तै २०७४/७५मा ५२ करोड ३० लाख बढी रकम ठगीको उजुरी परेको महाशाखामा चालू आर्थिक बर्षको माघसम्म झण्डै ७५ करोड रकम ठगी गरेको उजुरी पुगेको छ । यसबाहेक महागरीय प्रहरी परिसर काठमाडौंमा पनि उत्तिकै मात्रामा ठगीका उजुरी पुगेका छन् ।

महानगरीय अपराध महाशाखाका एसपी सोमेन्द्र सिंर राठोरका अनुसार, ठगीमा कतिपयले पेशेबर व्यक्ति संलग्न छन् भने कतिपय विदेश पठाइदिने, जग्गा मिलाइदिने, लगाएत बहानामा ठगीरहेका छन् । परिसर प्रमुख वसन्तकुमार लामाका अनुसार, प्रहरीमा दर्ता हुने उजुरी मध्य ९० प्रतिशत हाराहारी त ठगीका मात्र छन् । प्रहरीका अनुसार, ठगीमा केही वकिलदेखि प्रहरीकोसमेत संलग्नता देखिएको छ ।

यस्ता छन् ठगीका रुप

– डलर साट्ने बहानामा ठगी
– ठूलाबडाको नाम भजाएर ठगी
– आधुनिक प्रविधिको दुरुपयोग गर्दै ठगी
– कलबाइपास (भिओआइपी) गरेर ठगी
– सरकारी छाप दस्तखत किर्ते गरेर ठगी
– वैदेशिक रोजगारीका नाममा ठगी
– जागिर लगाइदिने बहानामा ठगी
– भूकम्पपीडितका नाममा ठगी
– ढुकुटी खेलमा ठगी
– बैंकिङ कसुरमा ठगी

यी बाहेक इमेल र इन्टरनेटको माध्यमबाट चिट्ठा सञ्चालन गरेर समेत ठगी गर्नेहरु पनि बढेका छन् । आधुनिक प्रविधिसँगै जोखिम पनि नयाँ ढंगले बढदै गएको छ । यस्ता अपराध अनुसन्धान र नियन्त्रण प्रहरीका लागि पनि टाउको दुखाई बनेको छ । महानगरीय प्रहरी परिसरका प्रमुख बसन्तकुमार लामा भन्छन्,‘ठगीबाट प्रहरीको सक्रियता त छँदैछ स्वयम व्यक्ति पनि सतर्क हुनु आवश्यक देखिन्छ ।’

सर्वसाधारण नागरिक कानूनी प्रक्रियाभन्दा बाहिर गएर काम गराउनेको भर पर्दा ठगीले प्रश्रय पाएको प्रहरी निष्कर्ष छ । अनुसन्धान अधिकारीका अनुसार कानूनी प्रक्रियाबाट हुने कामका लागि सर्वसाधारणले पहुँच भएका व्यक्ति खोजी गर्दा ठगी मौलाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ८ : ३० बजे

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको

सहकारी समस्या समाधान गर्न पूर्वन्यायाधीश गौतम नेतृत्वको समिति

काठमाडौं- सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा

धनगढीबाट लागूऔषधसहित ६ जना पक्राउ

धनगढी – कैलालीको धनगढीबाट बिहीबार लागूऔषधसहित ६ जना पक्राउ परेका

सरकारले भन्यो : ब्याण्डविथ खरिद वापतको भुक्तानीमा अवरोध गरिएको छैन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा इन्टरनेट सेवा

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको