पसिना निस्किदा पुग्छ यस्तो फाइदा | Khabarhub Khabarhub

पसिना निस्किदा पुग्छ यस्तो फाइदा


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जीम गर्दा होस् वा कुनै शारिरीक परिश्रम वा घाममा हिड्दा हाम्रो शरीरमा पसिना आउने गर्दछ । यसरी आउने पसिनाले शरीरलाई धेरै गर्मी हुनबाट बचाउन तथा शरीरको सुरक्षा गर्न पसिना बाहिर फाल्ने गर्दछ ।

पसिना आउदा शरीरको भित्रि भागबाट छालाका छिद्रबाट नुनीलो पानी बाहिरीने गर्दछ । तर यसरी आएको पसिना दुर्गन्धित पनि हुने गरेको छ ।

पसिना आउने प्रणालीलाई समस्याका रुपमा लिने धेरै मानिसहरु छन् । तर पसिनाका धेरै फाइदाहरु छन्, जसले शरीरलाई फाइदा गर्छ ।

शरीरमा फुर्ती बढाउछ

शरीरमा आउने पसिनाले शरीरलाई चिसो राख्न भूमिका खेल्दछ । पसिनामा हुने पानी, सोडियम र क्लोराइड, तथा पोटासियमले शरीरलाई स्वस्थ्य राख्दछ ।

बिकार निकाल्न मद्दत

लामो समयबाट शरीरमा थुप्रिएका विकार निकाल्ने सबैभन्दा उत्तम विकल्प भनेको पसिना निस्कनु नै हो । शरीर भित्रको हानिकारक पदार्थ, जस्तै कोलेस्ट्रोल, नुनिलो पदार्थ लगायतका विकार निकाल्ने राम्रो माध्यम नै पसिना हो । छालाका समस्या, डण्डिफोर लगायतका शरीरमा विकार पैदा गर्ने तत्व समेत पसिना मार्फत निस्कने गर्दछ ।

मृगौलाको पत्थरी नियन्त्रण

निरन्तर निस्कने पसिनाले शरीर भित्र थुप्रिएको नुनलाई बाहिर निकाल्ने तथा हड्डीमा क्याल्सियमको मात्रा बनाइराख्न मद्दत गर्छ । जसले मृगौलामा क्याल्सियम र नुनको सही मात्रामा रहि पत्थरी हुनबाट बचाउछ । धेरै पसिना बगाउने व्यक्तिलाई मृगौलामा हुने पत्थरीको खतरा कम हुन्छ ।

रोगसंग लड्ने क्ष्ँमतामा वृद्धि

पसिनामा हुने एण्टीमाइक्रोवायल पेपटाइड्सले ट्युवर क्लोसिस तथा अन्य जिवाणुसंग लड्न मद्दत गर्दछ । नाच्दा वा शारीरीक व्यायाम गर्दा निस्कने पसिनाले विभिन्न प्रकारको रोगसंग लड्ने क्षमतामा वृद्धि गर्छ ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ६ : ३२ बजे

मातातीर्थ कुण्डमा स्नान गर्नेको घुइँचो

काठमाडौं– स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि  स्नान

जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई सुरक्षा अधिकारी पक्राउ

काठमाडौं- युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा

म्याग्दीको विकट खतेन गाउँमा विद्युतीकरण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा  विद्युत् सेवा विस्तार भएको

एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

ताप्लेजुङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित

सुनकोसी मरिण डाइभर्सनको सुरुङको ब्रेक थ्रू आज 

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको