कामको चापमा हुनुहुन्छ ? मुटुरोग लाग्न सक्छ | Khabarhub Khabarhub

कामको चापमा हुनुहुन्छ ? मुटुरोग लाग्न सक्छ


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतया कुनैपनि कार्यालयका कामको चाप हुनुलाई सामान्य नै मानिन्छ । तर कामको चाप भन्दा पनि तनाव बढी छ भने चाँही बिचार गर्नुहोस् है । दिनहुँको तनाव तपाईंका लागि खतरनाक बन्न सक्छ ।

अमेरिकामा केही महिलामा गरिएको अध्ययन अध्ययन अनुसार कामबाट बिदा लिएर छुट्टी मनाउनेहरुमा मेटाबोलिक सिन्ड्रोम र मेटाबोलिक लक्षणको जोखिम कम भेटिएको छ ।

तर जो दैनिक कामको तनावमा पर्छ उसहरुमा मोनोबोलिक सिन्ड्रोमको लक्षण बढी भेटिएको छ ।

मोनेबोलिक सिन्ड्रोम मुटुका विरामीका लागि जोखिमको कारकको एक संग्रह हो । यदि तपाईमा यो बढी छ भने मुटुरोग लाग्ने खतरा बढी हुन्छ ।

अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘जो मानिस नियमित बिदा बसेर कामको तनाव कम गर्छ, त्यसमा हृदयघातको पनि कम सम्भावना हुन्छ । किनकि मेटाबोलिक सम्बन्धि लक्षण परिवर्तनीय छन्, अर्थात परिवर्तन गर्न या नियन्त्रण गर्न सकिन्छ ।’

त्यसैले यो कुरा मनन गर्नुहोस् र आफ्नो दौडधुपपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्टी लिनुहोस् अनि तनाव कम गर्नुहोस् ।

अफिसबाट लिइने यस्ता छुट्टीले तपाईलाई तनावबाट मुक्तिमात्रै होइन, यसबाट मुटुको विमारी हुने खतरा पनि निकै कम हुन्छ । कामबाट लिइएको छुट्टी मेटाबलिक सम्बन्धि लक्षण कम गर्न सहयोगी हुने र यसबाट मुटुको रोग लाग्ने खतरा समेत कम हुन्छ ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ५ : २५ बजे

राजेन्द्र महतोले यसरी गरे राष्ट्रिय मुक्ति क्रान्ति (तस्बिरहरु)

काठमाडौं– राजेन्द्र महतो संयोजकत्वको राष्ट्रिय मुक्ति क्रान्तिले काठमाडौंमा सांस्कृतिक प्रतिरोध

सुहाङ ५ हजार ६६२ मतले अगाडि

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी