नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द विजयी | Khabarhub Khabarhub

नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द विजयी


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल क्रिकेट संघ क्यानको अध्यक्षमा चतुरबहादुर चन्द विजयी भएका छन् ।

शनिवार सम्पन्न क्यानको निर्वाचनमा चन्दले अध्यक्षका अर्का उम्मेदवार विनयराज पाण्डेलाई पराजित गरेका हुन् । चन्दले ४४ मत पाउँदा पाण्डेले १५ मत पाएका थिए । निर्वाचनमा ५९ मत खसेको थियो ।

सचिवमा अशोकनाथ प्याकुरेल विजयी भएका छन् भने कोषाध्यक्षमा रोशन बहादुर सिंह, राजुबाबु श्रेष्ठ विजयी भएका छन् ।

शुक्रबार उद्घाटन भएको क्यानको साधारण सभामा शनिवार नयाँ कार्यसमितिका लागि मतदान भएको थियो । ५९ जना मतदातामा सबैले मतदान गरेका थिए ।

५९ जना मतदाता रहेको क्यानको १७ सदस्यीय कार्यसमितिमा १ जना महिला अनिवार्य भएकाले प्रतिनिधि आएकी जयन्ती भट्ट पहिला नै निर्विरोध भएकी थिइन् । बाँकी १६ सदस्यीय कार्यसमितिका लागि २९ जनाको उम्मेद्वारी परेको थियो । जसमध्ये प्रदेश सदस्यको लागि प्रदेश २, गन्डकी, प्रदेश ५, कर्र्णाली र सुदूरपश्चिम प्रदेशबाट एक एक जनाको उम्मेद्वारी परेकाले उनीहरु निर्विरोध चयन भएका छन् ।

प्रदेश २ बाट मोहम्मद दाउद अन्सारी, गन्डकीबाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रशान्त विक्रम मल्ल, कर्णालीबाट पदम बहादुर खड्का र सुदूरपश्चिमबाट विक्रम विष्ट प्रदेश सदस्यमा निर्विरोध भएका हुन् ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ३ : २३ बजे

देवघाटमा दुई वडाका नयाँ भवन निर्माण

तनहुँ– तनहुँको देवघाट गाउँपालिकाका दुई वडामा आफ्नै भवन निर्माण भएका

देशभरका विपन्नलाई काठमाडौं महानगरले निःशुल्क उपचार गरिदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले देशभरका विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार

पर्सामा नौ महिनाभित्र ७३९ घरेलु उद्योग स्थापना

पर्सा – जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ८६ करोड

जापानी परराष्ट्रमन्त्री योको नेपाल भ्रमणमा आउने

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामीकावाले आगामी साता नेपालको भ्रमण गर्ने

अर्थमन्त्री पुनको दाबी : ‘नेपाल लगानीको गन्तव्य बनिसक्यो’

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य