नयाँ नोट एक जनाले कति साट्न पाउँछन् ? | Khabarhub Khabarhub

नयाँ नोट एक जनाले कति साट्न पाउँछन् ?


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी आइतबार घटस्थापनाको दिनबाट सुरु हुने दसैंका लागि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण (सटही) थालनी गरेको छ । शुक्रबार बिहानैदेखि नयाँ नोट लिन जानेहरूलाई र अन्य बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट वितरण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले विगतका वर्षहरूको भन्दा यसपालि नयाँ नोट वितरण कार्य निकै सहज र छिटो बनाइएको बताए । उनले नयाँ सटही सुविधा शुक्रबारदेखि आगामी १७ असोजसम्म उपलब्ध हुने जानकारी दिए ।

अहिले काठमाडौंलगायत मुलुकभरका विभिन्न स्थानमा सटही सेवा उपलब्ध गरिएको जानकारी गराउँदै उनले नयाँ नोट वितरण कार्य सुरु भएको पहिलो दिन शुक्रबार दिउँसो काउन्टर बन्द गर्नेबेलासम्म ८ सय ५७ जनाले मात्रै नयाँ नोट सटही गरेको बताए । उनले उपत्यकाभित्र राष्ट्र बैंक र विभिन्न बैंकमार्फत ५, १०, २०, ५० र १ सय दरका नोट सटही गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । उपत्यकाबाहिर भने राष्ट्र बैंकका कार्यालयबाट मात्रै त्यस्तो सुविधा उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।

वितरण कार्य सुरु भएको पहिलो दिन शुक्रबार राष्ट्र बैंकमा विगतका वर्षहरूमा जस्तो सर्वसाधारणको बाक्लो लाइन थिएन । लाइनमा बसेका सर्वसाधारणले करिब २० मिनेटभित्र सजिलै नयाँ नोट पाएका थिए ।

यस्तो नयाँ नोट सटही गरिएको हो । राष्ट्र बैंकले गत वर्ष करिब १३ अर्ब रुपैयाँको नयाँ तथा सुकिला नोट वितरण गरेको थियो । यो वर्ष पनि सोही हाराहारीमा नयाँ नोट बाँड्ने तयारी रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो वर्ष राष्ट्र बैंकले गत वर्षभन्दा कमका दरले नयाँ नोट सटही सुविधा दिने जनाएको छ । राष्ट्र बैंकका अनुसार यस वर्ष प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट वितरण गरिनेछ ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ८ : ५२ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने