विमानस्थलका कर्मचारीद्वारा कार्यालयमै तीज | Khabarhub Khabarhub

विमानस्थलका कर्मचारीद्वारा कार्यालयमै तीज


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीले कार्यस्थलमै तीज मनाएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सिभिल मर्मत महाशाखाका कर्मचारीले गानाबजानासहित तीज मनाएका हुन् । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्री नभएको मौका पारेर ती कर्मचारीले ड्यूटी समयमै तीज मनाएका हुन् ।

तीज पर्वलाई भड्किलो नबनाउन स्थानीय सरकारले निर्देशन जारी गरिरहेका बेला विमानस्थलका कर्मचारीले भने ड्यूटी समयमै तीज मनाए । केहीले कार्यक्रमलाई फेसबुकमार्फत लाइभ समेत गरेपछि उनीहरुको आलोचना भएको छ ।

हिन्दू नेपाली नारीहरुको महान पर्व तीज आगामी भदौ १६ गते परेको छ । तीजको दर खाने बहानामा एक महिना अगावैबाट यस्ता कार्यक्रमहरु हुने गरेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ७ : ०८ बजे

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं– पर्साको वीरगंज महानगरपालिका-२१ हनुमान चोकबाट अवैध लागूऔषध गाँजा करिब 

गण्डकीमा खगराजलाई कसरी जुट्छ विश्वासको मत? संविधानविदबीच मतान्तर

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिँदै

कोशी सरकार वैशाख २५ सम्म टिकाउन प्रयास गर्छौँ : कांग्रेस 

काठमाडौं– नेपाली कांग्रेस कोशी संसदीय दलका नेताले वैशाख २५ गतेसम्म

सप्तरीका अग्निपीडितलाई खानेपानी र शौचालयको व्यवस्था गरिने

राजविराज– सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टी बस्तीमा अग्निपीडितका लागि खानेपानी र

टीकाबहादुरकाे टिप्पणी- ‘ठेकीको व्यापार बढे युवाले विदेशी भूमिमा दुःख गर्न पर्दैन’

ढोरपाटन– शिरमा ढाका टोपी, शरीरमा पसिनाले लुथ्रुकमा भिजेका कपडा ।