चितवनबाट काठमाडौं आए रवि, पञ्चेबाजा बजाएर विमानस्थलमा भव्य स्वागत | Khabarhub Khabarhub

चितवनबाट काठमाडौं आए रवि, पञ्चेबाजा बजाएर विमानस्थलमा भव्य स्वागत


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने ११ दिनको प्रहरी हिरासत बसाईपछि काठमाडौं फर्किएका छन् । १२ बजे चितवनबाट काठमाडौंका लागि उडेका रविसहितको टोली केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो ।

काठमाडौं आउने सूचना पाएसँगै रविका समर्थकहरु विमानस्थल पुगेका थिए ।

समर्थकले पञ्चे बाजासहित रविलाई काठमाडौमा स्वागत गरेका थिए ।

उनलाई लिन विमानस्थल पुग्ने फ्यानहरुको बाक्लो उपस्थिति रहेको थियो ।

शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएपछि रविसहितका तीन जनालाई प्रहरीले काठमाडौंबाट चितवन लगेको थियो ।

उनीहरुमाथि ‘आत्महत्या दुरुत्साहन’ मुद्दा चलाइएको छ ।

पाँच÷पाँच दिन गरेर दुईपटक अदालतले अनुसन्धानका लागि समय दिएपछि लामिछाने ११ दिन प्रहरी हिरासतमा बसेका थिए ।

अदालतले पाँच लाख धरौटीमा लामिछानेलाई हिरासत मुक्त गरेको थियो । उनको मुद्दाको फैसला हुन भने अझै केही समय लाग्ने भएको छ ।

अदालतबाट धरौटीमा रिहा भएका लामिछानेले हिजो(मंगलबार) चितवनमा पत्रकार सम्मेलन गरेका थिए भने हिजै चितवनको नारायणी किनारमा लामिछानेले धन्यवाद सभाको आयोजना गरेका थिए । उनको सभामा मानिसहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  २ : ०१ बजे

मेयर बालेनबारे ओलीको टिप्पणी : सुकुम्बासी र गरिबलाई देखिसहेनन्, लखेटिरहे

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका

कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-७

विश्वासको मत नलिए नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुन्छ : सचेतक भण्डारी

विराटनगर– कोसी प्रदेशसभा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका प्रमुख

सेती नदिमा बेपत्ता भएका एक जनाको शव फेला

डोटी– डोटी जिल्लाको शिखर नगरपालिका–८ लुवाखडीस्थित सेती नदिमा नुहाउने क्रममा

देशका चार सय ३६ स्थानमा डढेलो

काठमाडौं– देश भर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ