विकास र सामाजिक कार्यमा युवाको सहभागिता आवश्यक : श्रम मन्त्री विष्ट | Khabarhub Khabarhub

विकास र सामाजिक कार्यमा युवाको सहभागिता आवश्यक : श्रम मन्त्री विष्ट


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले विकास र सामाजिक कार्यमा सरकारले युवालाई सहभागि गराउनुपर्ने बताएका छन् ।

नेपाल युवा संस्था सञ्जाल(आयोन)को चौथो राष्ट्र सामाजिक व्यापार चुनौती भेलालाई सम्बोधन गदै मन्त्री विष्ट विकासमा युवा सहभागि भयो भने अर्थतन्त्रमा ठुलो टेवा पुग्ने बताएका छन् ।

‘कृषि, निर्माण, उद्योग, व्यवसाय र उद्यमी क्षेत्रमा युवा जमतको अवश्यकता छ । विकासमा युवाको सहभगिता विश्वसिलो माध्यम हो । युवाले रोजगारीतिर मात्र होइन अन्य उद्योग व्यवसाय गर्ने जोड दिनुपर्छ,’ मन्त्री विष्टले भने, ‘सरकार युवामैत्री कार्यक्रममा ल्याउन जोड दिदै छ । युवा सामाजिक, आर्थिक र साँस्कृतिक पाटोसँग जोडेर राज्य अघि बढ्न खोजीरहेको छ । युवाविनको आर्थिक समृद्धि सम्भव पनि छैन ।’

युवाका बारेमा पछिल्लो समय सरकार चिन्तनशिल भइरहेको र युवालाई आर्थिक पाटोसँग जोड विभिन्न कार्यक्रम ल्याइरहेको युवा परिषदका उपाध्यक्ष माधव ढुंगलले बताएका छन् । राजनीतिक गर्ने युवाले आर्थिक समृद्धिका लागि पनि काम गर्नुपर्ने उनको भनाइ थियो ।

आयोनले देशभरबाट विभिन्न क्षेत्रमा व्यवसायी चलाइरहेका युवालाई समान गदै गएको छ । आयोनका ४४ जिल्लामा ९२ जना युवा कार्यरत छन् । आयोनले युवा विकास र विकासमा सहभागिताका विषयमा बहस छलफल गदै आएको छ । युवा परिषद, किङ्स कलेजलगायत अन्य विभिन्न संघसंस्थासँग सहकार्य गरेर काम गदै आएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ११ : २३ बजे

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा