विमानस्थल चौबिसै घण्टा सञ्चालन गर्न माग | Khabarhub Khabarhub

विमानस्थल चौबिसै घण्टा सञ्चालन गर्न माग


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)ले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घण्टा खुला गर्न माग गरेको छ ।

नाटाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भई आएका सचिव केदारबहादुर अधिकारीलाई भेटेर हवाई ट्राफिक जाम कम गर्न २४ सै घण्टा सञ्चालन गर्न माग गरेको हो । भेटमा नाटाका अध्यक्ष सीएन पाण्डेले विदेशी पर्यटकको नेपाल प्रवेशको प्रमुख थलो विमानस्थल भएकाले छिटो, छरितो, सरल र सहज हिसावले सुविधा दिनुपर्ने बताएका हुन् ।

नाटाले पर्यटन क्षेत्रलाई सबल बनाउन बाराको निजगढ विमानस्थल निर्माणको काम शुरु गर्नुपर्ने तथा निर्माणाधीन पोखरा र भैरहवा विमानस्थललाई समयमै सम्पन्न गर्नुपर्ने मागसमेत गरेको छ । विराटनगर र धनगढी विमानस्थलको स्तरोन्नतिसमेत गर्नुपर्ने बताएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन दुई चार वटा न्यारोबडी र दुईवटा वाइडबडी विमान खरीद साथै टुरिष्ट बस टर्मिनल निर्माण चाँडो निर्माण गर्नुपर्ने बताएको छ ।

भेटपछि सचिव अधिकारीले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि नाटाले राखेको माग सकारात्मक रहेको भन्दै उक्त मागलाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले नेपाल भ्रमण वर्ष सफल बनाउन सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरेका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ५ : ४९ बजे

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।