अफगान राष्ट्रपतिका सहयोगीको कार्यालयलाई लक्षित गरी आक्रमण | Khabarhub Khabarhub

अफगान राष्ट्रपतिका सहयोगीको कार्यालयलाई लक्षित गरी आक्रमण


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगान राष्ट्रपतिका सहयोगी अमरुल्लह सालेहको पार्टी कार्यालयमा विस्फोट भएको छ ।

कार्यालयमा आइतबार भएको आक्रमणमा परी कम्तीमा २ जना मारिएको तथा अन्य २५ जनाभन्दा धेरै घाइते भएको अफगान अधिकारीले जनाएका छन् ।

स्थानीय समयअनुसार दिउँसो करिब ४ बजेर ४० मिनेट जाँदा सालेहको ‘ग्रीन ट्रेन्ड’ पार्टी कार्यालय नजिकै पहिलो विस्फोट भएको र विस्फोटपछि केही आक्रमणकारी उक्त कार्यालयमा प्रवेश गरेको अफगान गृहमन्त्रालयले जनाएको छ ।

सालेह अफगान ग्रीन ट्रेन्ड पार्टीका नेता उनी आगामी सेप्टेम्बर महिनामा हुन लागेको निर्वाचनमा उपराष्ट्रपतिका लागि उम्मेद्वारी दिएका छन् ।

उनी राजनीतिमा प्रवेश गर्नुअघि अफगानिस्तानको गुप्तचर संस्थाको प्रमुखका रूपमा सेवा गरेको बताइएको छ । आक्रमणबाट सालेह भने सुरक्षित छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ९ : ०८ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ