तरकारी व्यापारमा गुन्डागर्दी गर्नेलाई नछाडनुहोस्– मन्त्री खनाल | Khabarhub Khabarhub

तरकारी व्यापारमा गुन्डागर्दी गर्नेलाई नछाडनुहोस्– मन्त्री खनाल


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपंछी मन्त्री चत्रमाणि खनालले तरकारी व्यापारमा गुन्डागर्दी गर्ने कसैलाई नछाडन् कर्मचारीलाई निर्देशक दिएका छन् ।

देशभरका पशु, प्लान्ट र खाद्य क्वारेन्टाइन प्रमुखहलाई आइतवार मन्त्रालयमा बोलाएर मन्त्री खनालले यस्तो निर्देशन दिएका हुन् ।

कृषि मन्त्रालय अन्त‍रगतका सबै निकायसँग भएको छलफलमा मन्त्री खनालले यो क्षेत्रका बिचौलिया अन्त्य गर्ने जस्तोसुकै कदम चल्न पछि नपर्ने बताएका छन् ।

‘तरकारी व्यापारका नाममा गुण्डागर्दी गर्नेलाई छोड्दै नछोड्नुस । कृषि मन्त्रीको हवला दिएर आउनेको काम त झन गर्दै नगर्नुस् ’ मन्त्री खनालले भने, ‘जनताको काममा सहज बनिदिनुस् । अहिले हामीसँग भएका ल्यावलाइ राम्रोसँग चलायौं भने विषादी जाँच गर्न समस्या हुन्न । अरु दुई तीनवटा ल्याव राखिन्छ । चेकजाँच निरन्तर हुन्छ । त्यो आयातितमा मात्र होइन स्वदेशमा उत्पादन भएको उपजमा पनि निरन्तरता दिइन्छ ।’

पशु पन्छी विभागका सचीव प्रकाश माथेमाले सबै तिर समान समस्या रहेको भन्दै त्यस्का लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर समाधान गर्नु पर्ने धारण राखेका थिए ।

पशुपन्छी तर्फ ८ वटा क्वारेन्टाइन कार्यालय, स्थायी र अस्थायी गरी २८ वटा चेकपोस्ट छन् भने कृषि तर्फ १५ वटा क्वारेन्टाइन कार्यालय छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ४ : २६ बजे

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ