म्यान्मारको खानीमा पहिरो जाँदा १४ जनाको ज्यान गयो, ४ बेपत्ता | Khabarhub Khabarhub

म्यान्मारको खानीमा पहिरो जाँदा १४ जनाको ज्यान गयो, ४ बेपत्ता


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यङ्गुन– म्यान्मारमा बहुमूल्य पत्थर ‘जेड’ खानीमा गएको पहिरोमा परी १४ जनाको ज्यान गएको छ ।

भारी वर्षापछि म्यान्मारको कचिन राज्यको फकान्त क्षेत्रमा रहेको पत्थर खानीमा एकाएक पहिरो जाँदा १४ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् ।

ज्यान जानेमा एकजना खानीको सुरक्षार्थ खटिएका प्रहरीसमेत रहेको जनाइएको छ ।

पहिरोमा अरु ४ जना बेपत्ता भएका छन् । २ प्रहरीसहित बेपत्ता भएकाहरुलाई पनि जीवितै उद्दार गर्न सकिने सम्भावना कम भएको अधिकारीहरुले बताएका छन् ।

म्यान्मारमा यस्ता खानीको सुरक्षा अवस्थालाई लिएर चिन्ता प्रकट हुने गरेका छन् । असुरक्षित खानीहरुलाई सुधार गर्न सरकारले बारम्बार कदम चालेपनि यो सफल हुन सकेको छैन ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  २ : ४६ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई