नेपालले लगातार ४ विकेट गुमायो, सिंगापुरविरुद्ध जीत निकाल्न चुनौतीपूर्ण | Khabarhub Khabarhub

नेपालले लगातार ४ विकेट गुमायो, सिंगापुरविरुद्ध जीत निकाल्न चुनौतीपूर्ण


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको अन्तिम खेलमा नेपालले अहिले आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ । तर नेपालले लगातार विकेट गुमाउन थालेपछि जीत चुनौतीपूर्ण बन्न थालेको छ ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा सिंगापुरले दिएको १९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेटको रुपमा कप्तान पारस खड्कालाई १२ रनमा गुमायो । त्यस्तै दोस्रो विकेटको रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई ३९ रनमा गुमाएको छ ।

भरपर्दा पारस र ज्ञानेन्द्र आउट भएपछी तेस्रो विकेटको रुपमा शरद भेषवाकरलाई ७ रनमा गुमाएको छ । त्यस्तै नेपालले चौंथो विकेटको रुपमा रोहित कुमार पौडेललाई ५ रनमा गुमाएको छ ।
अहिले क्रिजमा दिपेन्द्रसिंह ऐरी र विनोद भण्डारी छन् । नेपालले १० ओभरको खेलमा ४ विकेट गुमाएर ७९ रन बनाएको छ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ९ : ४९ बजे

तेस्रो लगानी सम्मेलन आजदेखि, १५० परियोजना प्रस्तुत गरिने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुँदैछ । सम्मेलनको

सात जिल्लामा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने

काठमाडौँ– सरकारले आजदेखि सात वटा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउँदै

हमासले गर्यो दुई बन्दी जीवित रहेको भिडियो सार्वजनिक

जेरुसेलम – थप दुई बन्दीहरू जीवित रहेको प्रमाण स्वरूप हमासले

इलाम–२ को मतगणना आज, सर्वदलीय बैठक बस्दै

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा हिजो भएको उपनिर्वाचनको मतगणना

तराई क्षेत्रमा तातो हावा चल्ने, पहाडमा छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु