श्रीमान-श्रीमतीको खटपटको कारण यस्तो हुनसक्छ | Khabarhub Khabarhub

श्रीमान-श्रीमतीको खटपटको कारण यस्तो हुनसक्छ


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

तपाईंको दम्पत्तीमा केही खटपट छ ? पटकपटक झगडा पनि परिरहन्छ ? सम्बन्ध राम्रो बनाउन खोज्दाखोज्दै पनि बिग्रेको पो छ की ? यदी श्रीमान श्रीमतीबीचको सम्बन्धमा तनाव छ भने यसमा तपाईंहरुबीचको सम्बन्धले मात्र काम गरेको हुदैन ।

दुईजनाबीचको असमझदारीका कारण यस्ता समस्या आउनुको एउटा प्रमुख कारणमा वास्तुदोष पनि रहेको बताइन्छ । जसको हलका लागि तपाईंले वास्तुका नियमलाई पालन गर्नुपर्ने हुन्छ ।

बेडरुम अवस्था
बेडरुम सधैं दक्षिण पश्चिम वा उत्तर पश्चिम दिशातर्फ हुनुपर्छ । यसले पार्टनरबिच माया र एक अर्कालाई बुझ्ने क्षमताको विकास गर्दछ । उत्तर पूर्व र दक्षिण पूर्ण दिशामा रहेको कोठालाई कुनै पनि हालतमा बेडरुम बनाउनु हुँदैन ।

सुत्ने दिशाको छनोट
विवाहित जोडीले जहिले पनि दक्षिणतर्फ टाउको देखाएर सुत्नुपर्छ । दक्षिणतर्फबाट प्रवाह हुने सकारात्मक चुम्बकीय ऊर्जा निन्द्रा र रक्त संचारमा बाधा नपुर्याईसजिलै शरिरमा प्रवेश गर्दछ ।

बेडको अगाडि ऐना
वास्तुका अनुसार बेडरुममा ऐना बेडको ठीक अगाडि नराख्नुहोस् ता कि सुत्नेबेला कसैको प्रतिबिम्ब ऐनामा नदेखियोस् ।

मेटलको बेड
विवाहित जोडी सुत्ने बेड कहिले पनि मेटल र फलामको हुनुहुँदैन । जोडीबिचको तनाव कम गर्न काठको बेड प्रयोग गर्नुहोस् । बेड नियमित आकारको हुन आवश्यक छ ।

कोठाको रंग
बेडरुममा सधैं हल्का रङको प्रयोग गर्नुहोस् जस्तै हल्का निलो, हल्का हरियो, गुलाबी ।

बायाँ श्रीमती
श्रीमती जहिले पनि बायाँ साइडमा सुत्नुपर्छ भने श्रीमान् भने दायाँ पट्टी सुत्नुपर्छ । यसले दुईजनाबिच निकै सुमधुर सम्बन्ध कायम गर्न सहयोग गर्दछ ।

१ मात्र डसनाको प्रयोग
डबल बेडमा एउटा मात्र म्याट्रेस प्रयोग गर्नुहोस् । विवाहित जोडीले डबल म्याट्रेस प्रयोग गर्नबाट जोगिनुपर्छ । यसले विवाहित जोडिमा सकारात्मकता फैलाउन सहयोग गर्दछ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ७ : ३२ बजे

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ