सर्वोच्च अदालतद्वारा सांसदलाई ६ करोड रुपैयाँ दिनुको कारण माग | Khabarhub Khabarhub

सर्वोच्च अदालतद्वारा सांसदलाई ६ करोड रुपैयाँ दिनुको कारण माग


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले आगामी आर्थिक वर्षको बजेटमार्फत प्रत्येक संघीय निर्वाचन क्षेत्रलाई ६ करोड रुपैयाँ दिने सरकारी घोषणा गर्नुको कारणबारे सरकारसँग जवाफ माग गरेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलाशले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालयको नाममा कारण देखाउ आदेश जारी गर्दै प्रतिनिधिसभा सदस्य (सांसद)ले खर्च गर्न पाउने गरी ६ करोड रुपैयाँ विनियोजन गर्नुपरेको विषयमा जवाफ माग गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, न्यायाधीशरु दीपकुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको इजलाशले ७ दिनभित्र कारणसहितको जवाफ पेश गर्न पनि आदेशमा उल्लेख गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १५ गते संसदमा प्रस्तुत गरेको बजेटमा संघीय संसदको प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित सदस्य (सांसद)हरुले खर्च गर्न पाउने गरी प्रत्येक निर्वाचन क्षेत्रका लागि ६ करोड रुपैयाँ विनियोजन गरिएको घोषणा गरेका थिए ।

अर्थमन्त्रीको घोषणा संघीयता विरोधी भएको भन्दै अधिवक्ता पारसमणि भट्टराईले गत जेठ १९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ४ : ०४ बजे

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक