खाजा पसल चलाउने सन्तोषको कुकृत्य– जसको ‘रमाइलो’ले काठमाडौं आतंकित बन्यो | Khabarhub Khabarhub

खाजा पसल चलाउने सन्तोषको कुकृत्य– जसको ‘रमाइलो’ले काठमाडौं आतंकित बन्यो


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रामेछाप घर भएर काठमाडौंको नैकाप बस्ने सन्तोष कार्की काठमाडौंको महाराजगन्ज (चक्रपथ) क्षेत्रमा फास्टफूड (खाजा) पसल सञ्चालन गर्छन् ।

दिनभर खाजा पसलमा ब्यस्त हुने सन्तोष साँझ फर्किँदा भने महिलामाथि आक्रमण गर्ने रहेछन् । ३० वर्षीया सन्तोषले अहिलेसम्म करिब आधा दर्जन महिला तथा युवतीमाथि काठको सुइरो र फलामको काँटी घोपिसकेका छन् ।

राजधानी काठमाडौंमा महिला तथा युवतीमाथि भइरहेको ‘सिरिन्ज (सुइ) आक्रमण’को आतंकका बीच प्रहरीले सन्तोषलाई पक्राउ गरेको छ ।

बिहीबार राति काठमाडौंको महाराजगन्जबाट पक्राउ परेका सन्तोषले रमाइलोका लागि आफूले महिलामाथि काठको सुइरो र काँटीले आक्रमण गर्ने गरेको प्रहरीलाई बयान दिएका छन् ।

प्रहरीका अनुसार गत जेठ १८ गते राति १० बजे काठमाडौं महानगरपालिका–१६ मा एक महिलामाथि मोटरसाइकलमा आएको व्यक्तिले आक्रमण गरेका थिए । त्यसपछि यो क्रम निरन्तर १ हप्तासम्म चलेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार जेठ १८ गतेसहित २० गते र ३२ गते राति आफूहरुमाथि मोटरसाइकलमा आएका व्यक्तिले आक्रमण गरेको भन्दै काठमाडौंका केही महिलाले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।

सिसिटिभी फुटेजको अध्ययनका आधारमा पक्राउ परेका सन्तोषले काठमाडौंको डल्लु, सोह्रखुट्टे क्षेत्रमा भएको आक्रमणको जिम्मा लिएका छन् ।

खाजा पसल बन्द गरेर राति कोठा फर्किने क्रममा बाटोमा भेटिएका महिलामाथि आफूले ढलान किलो (काँटी) र काठको सुइरोले घोप्ने गरेको उनले प्रहरीसमक्ष दिएको बयानमा भनेका छन् ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  १२ : ३३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र