अनुपको अंगालोमा नम्रता, बेड सिनदेखि स्वीमिङ पूलसम्म बोल्ड अवतार | Khabarhub Khabarhub

अनुपको अंगालोमा नम्रता, बेड सिनदेखि स्वीमिङ पूलसम्म बोल्ड अवतार


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र ‘जाइरा’को नयाँ गीत सार्वजनिक भएको छ । निर्माण युनिटले विहीबार चलचित्रको ‘आँखाले बोल्छ’ गीत सार्वजनिक गरेको हो ।

रवी मल्लमको शब्द, कल्याण सिंहको संगीत तथा सन्तोष लामाको स्वर रहेको गीतमा अनुप र नम्रताको गहिरो प्रेमभाव देखाइएको छ । गीतमा स्वीमिङपूल देखि बेडसम्मका सिनहरु देखिाइएको छ । जसमा नम्रता श्रेष्ठ निकै हट अवतारमा प्रस्तुत भएकी छिन् ।

‘जाइरा’मा अभिनेत्री श्रेष्ठ मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन्। आशुतोष राज श्रेष्ठको निर्देशन रहेको फिल्ममा नम्रता र अनुप बिक्रमसँगै प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठको अलवा नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको प्रमुख अभिनय रहेको छ।

कटामरी फिल्मसको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शनबाट चलचित्र निर्माण भएको हो । ट्रेन्डसेटर्स प्रालिको प्रस्तुति रहेको फिल्मको प्रसन्न गोपाली कार्यकारी निर्माता हुन्। नम्रताले फिल्म ‘जाइरा’मा मार्सल आर्ट खेलाडीको भूमिका निर्वाह गरेकी छिन् । उनले मार्सल आर्टका लागि करिब ८ महिना लामो वर्क आउट गरेको बताएकी छिन् । चलचित्रकै लागि उनले कपाल समेत काटेकी थिइन् ।

मिक्स मार्शल आर्ट्स नै ‘जाइरा’ फिल्मको मुख्य कथा भएको निर्देशक आशुतोष ले बताए । यो चलचित्र उनको डेब्यू निर्देशन हो । केही समय अघि निर्माण पक्षले चलचित्रको टिजर सार्वजनिक गरेको थियो । चलचित्रको प्रदर्शन मिति नजिकिएसँगै निर्माण पक्षले चलचित्रको प्रमोसनलाई तीव्रता दिएको छ । चलचित्र भदौ ६ गतेबाट प्रदर्शनमा आउने छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ९ : २५ बजे

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा