बालुवाटार जग्गा प्रकरण : अख्तियारकै पूर्वकर्मचारी फरार | Khabarhub Khabarhub

बालुवाटार जग्गा प्रकरण : अख्तियारकै पूर्वकर्मचारी फरार


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा लैजाने भूमिका खेलेको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पूर्वकर्मचारी फरार भएका छन्। लोकमानसिंह कार्की अख्तियार प्रमुख छँदा अख्तियारमा विज्ञका रूपमा नियुक्त भएका हुपेन्द्रबहादुर केसी फरार भएको नयाँ पत्रिकामा खबर छ ।

मालपोत कार्यालय डिल्लीबजारको प्रमुख हुँदा उनले सो जग्गा व्यक्तिको नाममा फिर्ता गर्न सघाएका थिए। पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो।

अख्तियारले बिहीबार सार्वजनिक सूचना जारी गर्दै उनीसहित तीनजनालाई सात दिनभित्र उपस्थित हुन भनेको छ। अन्य दुईजना डा. शोभाकान्त ढकाल र अधिवक्ता रामप्रसाद सुवेदी हुन्। उनीहरू बालुवाटारको जग्गा व्यक्तिको नाममा लैजाने मुख्य बिचौलिया हुन्। सो जग्गामा मोही खडा गरेर उनीहरूले आफ्नो नाममा ल्याई पछि अरूलाई बिक्री गरेका थिए। यसअघि बुधबार अख्तियारले ८६ जनालाई पनि उपस्थित हुन सूचना प्रकाशन गरेको थियो। यीमध्ये धेरै मोही छन्।

सरकारले अधिग्रहण गरेको सो जग्गा ढकाल, सुवेदी, केसीलगायत मिलेर जफत गरेको व्याख्या गरी कांग्रेस नेता सुवर्णशमशेर राणाका सन्तानलाई फिर्ता दिलाएका थिए। जब कि सरकारले हाल प्रधानमन्त्री, सभामुख तथा प्रधानन्यायाधीश निवास रहेको जग्गासहित दुई सय ९९ रोपनी जग्गा अधिग्रहण गरेको थियो। सरकारी निवासबाहिर बेवारिसे रहेको जग्गालाई चलखेलका आधारमा फिर्ता गरिएको थियो। सो प्रकरणमा अख्तियारले धेरैसँग बयान लिइसकेको छ। उसले अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ६ : ५७ बजे

औद्योगिक प्रदर्शनी प्रतियोगितामा राडीपाखी उद्योग प्रथम

कर्णाली – वीरेन्द्रनगरमा आयोजित औद्योगिक प्रदर्शनी प्रतियोगितामा केदारनाथ राडीपाखी उद्योग

अशोक राईको नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, कसलाई के जिम्मेवारी ?

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट

आजका समाचार : जसपाकाे फुटदेखि गण्डकीका मख्यमन्त्रीलाई विश्वासकाे मतसम्म

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको जापानकी विदेशमन्त्री योको

पञ्जावमाथि चेन्नई २८ रनले विजयी

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाव

काठमाडौं उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा

काठमाडौं । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन