‘दासढुंगा: च्याप्टर २’ - मदन भण्डारीको अनुहार मिल्ने कलाकारको खोजी | Khabarhub Khabarhub

‘दासढुंगा: च्याप्टर २’ – मदन भण्डारीको अनुहार मिल्ने कलाकारको खोजी


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र जीवराज आश्रितको मृत्यु भएको रहस्यमयी दुर्घटनालाई लिएर निर्माण हुन लागेको चलचित्र ‘दासढुंगा च्याप्टर २’ का लागि निर्माण टिमले कलाकारको खोजी गरेको छ । निर्माता अपिल विष्टले फिल्मका लागि कलाकार र सह–निर्देशकको खोजी गरेको जानकारी दिए ।

फिल्म युनिटले लागि सह–निर्देशक, कला निर्देशक, सीजीआई निर्देशक, ध्वनि संयोजक, नाटकको पृष्ठभूमिबाट आएका कलाकार र बालकलाकारको खोजी गरिएको जनाएको हो । यस्तै राजनीति शास्त्रमा दख्खल राख्ने र कम्युनिस्ट आन्दोलनका जानकारहरु, मदन भण्डारी र जीवराज आश्रितसँग शारीरिक बनोट मिल्नेलाई पनि मौका दिइने निर्माण टिमले जनाएको छ ।

इच्छुकले फिल्मको आधिकारिक इमेल [email protected] मार्फत सम्पर्क गर्न सक्ने बताइएको छ ।

वि.सं. २०५० जेठ ३ गते चितवनको दासढुंगामा ब.अ.च ८७९३ नम्बरको जीप दुर्घटना हुँदा तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र जीवराज आश्रितको मृत्यु भएको थियो । उक्त दुर्घटनामा चालक अमर लामा बाँचेका थिए । तर पछि चालक लामालाई पनि माओवादीले हत्या गरिदिएपछि यो घटना थप रहस्यमयी बन्न पुगेको छ ।

यसअघि यही घटनामा फिल्म ‘दासढुङ्गा’ निर्माण भएको थियो । सो फिल्ममा अनुप बराल, सञ्चिता लुइँटेल, दयाहाङ राई लगायतका कलाकारले अभिनय गरेका थिए ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ४ : ५६ बजे

औषधिको अवैध कारोबार गरेको आरोपमा मेडिकल सञ्चालक पक्राउ

लुम्बिनी – बुटवलमा मेडिकल पसल राखेर चिकित्सकको सिफारिसबिना अवैधरूपमा औषधिको

गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना

गण्डकी – कास्कीमा आव २०७७/७८ मा ६४ सडक दुर्घटना भए

दुई क्विन्टल गाँजासहित एक जना पक्राउ

विराटनगर – मोरङ प्रहरीले दुई क्विन्टल गाँजासहित एक जनालाई पक्राउ

निर्माणाधीन धरान बसपार्कको काम अन्तिम चरणमा

धरान – धरान उपमहानगरपालिका–८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्कको

दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते

धनगढी – दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते भएकी छन्,