यहूदीहरुको प्राथना स्थलमा गोली चल्यो | Khabarhub Khabarhub

यहूदीहरुको प्राथना स्थलमा गोली चल्यो


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो शहरमा रहेको यहूदी सेनागगमा गोली चल्दा १ जनाको मृत्यु भएको छ ।

१९ वर्षीय बन्दुकधारीले सेनागगमा प्रवेश गरी जथाभावी गोली चलाएको घटनामा एक महिलाको मृत्यु भएको अरु तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा एकजना यहूदी धर्मगुरु समेत रहेको बताइएको छ । घाइते सबैको अस्पतालमा उपचार भइरहेको र बन्दुकधारीलाई प्रहरीले पक्राउ गरेको छ ।

घटना यहूदी धर्म र यहूदी धर्मावलम्बीप्रति घृणा फैलाउने मनशायबाट भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । घटनाको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निन्दा गरेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ९ : ४५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र