‘एभेन्जर्स : इण्डगेम’को स्पोइलर्स सुनाउँदा फ्यानहरुले रगताम्य हुनेगरी कुटे | Khabarhub Khabarhub

‘एभेन्जर्स : इण्डगेम’को स्पोइलर्स सुनाउँदा फ्यानहरुले रगताम्य हुनेगरी कुटे


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– मार्भल इन्टरटेनमेण्टको ‘एभेन्जर्स : इण्डगेम’ फिल्मले अहिले विश्वको माहोल तताइरहेको छ । बहुप्रतिक्षित एभेन्जर्स फिल्मको चर्चा उत्कर्षमा पनि छ । फिल्म हेर्नका लागि टिकट पाउन समेत हम्मेहम्मे छ ।

एभेन्जर्सका फ्यानहरुमध्ये केहीले त ब्लाकमै पनि किनेर फिल्म हेरेका छन् । तत्काल टिकट नपाए पनि केही समयपछि नै पनि फिल्म हेर्न धेरैजना कुरेर बसिरहेका छन् । यसैक्रममा हल गएर फिल्म नहेरिसकेका फ्यानलाई फिल्म हेरिसकेकाले फिल्मको कहानी सुनाएर फिल्म हेर्ने मजा नै उडाइदिने प्रचलन पनि बढिरहेको छ ।

फिल्मको कहानी फिल्म हेर्नुअघि नै थाहा पाएपछि फिल्म हेर्नुको मजा नै हराउँछ, यसबाट पनि फिल्म नहेरिसकेका धेरै फ्यानहरु जोगिरहेका छन् ।

हङ्कङमा फिल्म हेरिसकेका एक युवाले फिल्म नहेरेका एभेन्जर्सका फ्यानलाई फिल्मको कहानी (स्पोइलर्स) सुनाएपछि नराम्रो कुटाइ भेटेका छन् ।

हङ्कङको क्याजवे बे क्षेत्रमा रहेको सिनेमाघरमा फिल्म हेरिसकेर बाहिरिएका एक युवाले चर्को स्वरमा फिल्मको अन्त्य कसरी हुन्छ भन्ने खुलासा गरेपछि हलभित्र छिर्नकालागि लाम लागेर बसेका मानिसहरुले उनलाई रगताम्य हुनेगरी कुटेका हुन् ।

अहिले उनको फोटो अनलाइनमा भाइरल भइरहेको छ । भाइरल भएको फोटोमा कुटाइ खाएको भनिएका युवा निरीह भएर बसिरहेको देखिन्छ भने अर्का एकजनाले शरिरमा चोटपटक लागेको स्थानमा औषधी गरिरहेजस्तो देखिन्छ ।

एशियाली सामाजिक सञ्जालमा भाइरल समाचार र फोटोलाई लिएर बहस पनि शुरु भएको छ । अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले फ्यानहरुले फिल्मको स्पोइल गर्नेलाई कुटेर ‘गतिलो पाठ पढाएको’ प्रतिक्रिया दिएका छन् भने अन्य केहीले फिल्म स्पोइल नै गरेको भएपनि उनलाई कुटिहाल्न चाहीँ नहुने तर्क गरेका छन् ।

यसअघि ‘एभेन्जर्स : इण्डगेम’का निर्देशकहरु रुसो दाजुभाइले भने एभेन्जर्सका फ्यानहरुलाई फिल्मको कहानी नसुनाउन आह्वान गरेका छन् । हलमा गएर फिल्म हेर्नुअघि नै फिल्मको कहानी थाहा पाए फिल्म हेर्नुको मजा नै नआउने भन्दै आफ्ना फ्यानलाई फिल्म स्पोइल नगर्न आह्वान गरेका हुन् ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ८ : २८ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने