प्रिमियर लिगमा शीर्ष चारका लागि संघर्षरत आर्सनल पराजित | Khabarhub Khabarhub

प्रिमियर लिगमा शीर्ष चारका लागि संघर्षरत आर्सनल पराजित


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शीर्ष चौथो स्थानका लागि संघर्षरत आर्सनल लेस्टरसिटीसँग पराजित भएको छ । आइतबार बेलुकी सम्पन्न खेलमा लेस्टरसिटीले आर्सनललाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनल मइतल्यान्डस् निल्सले २ पहेंलो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको थियो । त्यसकाको फाइदा उठाउन सफल भएको लेस्टरका लागि जमाइ भार्देले दुई तथा युरी तेइलेमान्सले एक गोल गरे । लेस्टरका लागि खेलको ५६ औं मिनेटमा तेइमानले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए ।

त्यस्तै, भार्देले खेलको ८६ मिनेटमा र खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गर्दैै टिमलाई जीत दिलाएका थिए । जीतसँगै लेस्टरसिटी लिगको अंक तालिकामा ५१ अंकसहित ८ औं सथनमा रहेको छ ।

पराजित आर्सनल केही समयका लागि पाँचौ स्थानमा रहेपनि आज राति नै हुने म्यान्चेस्टर युनाइटेड र चेल्सीविरुद्धको खेलको नतिजाले उसको स्थान परिवर्तन हुनसक्नेछ ।

३६ खेलबाट ६४ अंक बनाएको आर्सनल पाँचौ स्थानमा छ भने ३५ खेल खेलेको चेल्सीको ६७ अंकरहेको छ भने ३५ वटै खेल खेलेको युनाइटेड ६४ अंकसहित छैठौं स्थान छ । चेल्सीले जिते आर्सनल यथावत रहनेछ भने युनाइटेडले जिते पछि धकेलिनेछ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ७ : ४६ बजे

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा