अब देशका सम्पूर्ण तथ्याङ्क अनलाइनबाटै हेर्न मिल्ने | Khabarhub Khabarhub

अब देशका सम्पूर्ण तथ्याङ्क अनलाइनबाटै हेर्न मिल्ने


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अब देशका सम्पूर्ण तथ्याङ्क तथा विवरणहरु अनलाइनमार्फत नै प्राप्त गर्न सकिने भएको छ ।

स्थानीय तहको वडादेखि सम्पूर्ण देशको जनसंख्या, बोलिने भाषा, जात–जाति, समूदाय, जीवनस्तर लगायत सबै विवरण अनलाइनबाट नै प्राप्त गर्न सकिने गरी सरकारले अनलाइन डाटा पोर्टल सञ्चालनमा ल्याएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा ‘राष्ट्रिय तथ्यगत विवरण अनलाइन डाटा पोर्टल’को आरम्भ गरेका हुन् ।

केन्द्रीय तथ्यांक विभागले तयार पारेको सो अनलाईन डाटा पोर्टलको वेभ एड्रस (ठेगाना) नेशनलडाटाडट्जीओभीडट्एनपी राखिएको छ ।

संघ, प्रदेश र स्थानीय तहको सबै विवरणहरु एकीकृत रुपमा अनलाइनमार्फत सर्वसाधारणलाई समेत जानकारी गराउने उद्देश्यका साथ यो अनलाईट पोर्टल संचालनमा ल्याइएको केन्द्रीय तथ्यांक विभागमा महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए ।

खुला तथ्यांकको सिद्धान्त बमोजिम तथ्यांक तथा सूचनामा सरोकारवालाहरुको पहुँच सुनिश्चित गर्न अनलाइन पोर्टल संचालनमा ल्याइएको केन्द केन्द्रीय तथ्यांक विभागले जनाएको छ । राष्ट्रिय योजना आयोगसँगको निरन्तरको अन्तरक्रियामा आधारित भएर तयार पारिएको सो अनलाइन डाटा पोर्टलले संघ, प्रदेश र स्थानीय तहको तथ्यांकीय तथा सूचना व्यवस्थापनको क्षमतामा अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

गत मंसीर २१ गते बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा प्रधानमन्त्री ओलीले तथ्यमा आधारित तथ्यांक संकलनका लागि आवश्यक पोर्टलको व्यवस्था गर्न निर्देशन दिएका थिए ।
प्रधानमन्त्री ओलीको निर्देशनानुसार नै सो अनलाइन पोर्टल संचालनमा ल्याइएको पनि केन्द्रीय तथ्यांक विभागका महानिर्देशक अर्यालले बताए ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ३ : ०९ बजे

‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी’ 

पाटन – ललितपुर महानगरपालिकालगायत विभिन्न चार स्थानीय तहका प्रमुखहरूले विपद्

पूर्वी रफाहका मानवीय क्षेत्र तत्काल खाली गर्न इजराइलद्वारा सूचना जारी

काठमाडौं– देशका रक्षामन्त्रीको तीव्र कारबाहीको चेतावनीपछि इजराइली सेनाले पूर्वी रफाहका

मुस्ताङका च्याङ्ग्राको भुवा परीक्षण

म्याग्दी– मुस्ताङका कृषकले पालेका च्याङ्ग्राको भुवाको गुणस्तर परीक्षण गरिएको छ

जसपा विभाजन भएको छैन : प्रवक्ता सुमन

काठमाडौं– जसपा नेपालले दल विभाजनको अवस्था नरहेको बताएको छ ।

निर्वाचन आयोगमा दर्ता भयो अशोक राई नेतृत्वको जसपा

काठमाडौं – निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी