एसीसी यू–१६ को उपाधि नेपाललाई | Khabarhub Khabarhub

एसीसी यू–१६ को उपाधि नेपाललाई


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसीसी यू–१६ पूर्वी एसियाली क्षेत्रको क्रिकेट प्रतियोगितामा मलेसियालाई पराजित गर्दै नेपाली युवा टोलीले उपाधि हात पारेको छ ।

म्यानमारको प्रेम तिनसुनलेनान्दा इन्टरनेसनल स्कूलको मैदानमा भएको फाइनलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपाल दोस्रोपटक च्याम्पियन बनेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको मलेसियाले ३४.५ ओभरमा सबै विकेट गुमाउँदा ८१ रन मात्रै बनाउन सक्यो ।

८१ रन बनाएको मलेसियाका लागि मोहम्मद हाजिक इमानले १८ रन र वान मोहम्मद अजामले १६ रन बनाउनु बोहक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

मलेसियाविरुद्ध नेपाली बलर हावी भएका थिए । जसमा नेपालका विशाल कुमार पटेल एक्लैले ४ विकेट लिएका थिए । उनले ७ ओभर बलिङ गर्दै १८ रन खर्चेर ४ विकेट लिए । यस्तै, निखिल कुमार सिंह र क्रृष कार्कीले समान एक–एक विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको नेपालले ३५ ओभर पुरा खेल्दै ९ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । नेपालका लागि प्रशान्त महतले उत्कृष्ट ब्याटिङ गरे । उनले ६७ बलको सामना गर्दै ४० रन बनाएका थिए । दिपक बोहराले २३ रन बनाउँदा विशाल विक्रम केसीले १७ र निखिल कुमार सिंहले १३ रन बनाए ।

नेपालविरुद्ध मलेसियाका सचिनु हेतिग्गेले ३ विकेट तथा जिनेन्द्र मुर्यालले २ विकेट लिएका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  २ : ५० बजे

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)

इलाममा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ