चुनावको मत गणना गर्ने २ सय ७२ कर्मचारीको मृत्यु | Khabarhub Khabarhub

चुनावको मत गणना गर्ने २ सय ७२ कर्मचारीको मृत्यु


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


जकार्ता– इण्डोनेशियामा चुनावको मतगणना गर्ने २ सय ७२ भन्दा धेरै कर्मचारीको मृत्यु भएको छ । गत अप्रिल १७ मा भएको आम निर्वाचनपछि मत गणना गर्न खटाइएका २ सय ७० भन्दा धेरै कर्मचारीको अधिक समय काम गरेका कारण मृत्यु भएको र अरु १ हजार ८ सयभन्दा धेरै कर्मचारी बिरामी परेको इण्डोनेशियाका अधिकारीले जनाएका छन् ।

१९ करोड ३० लाख भन्दा धेरै मतदाता रहेको इण्डोनेशियामा भएको पछिल्लो निर्वाचनमा ८० प्रतिशत भन्दा धेरै मतदाताले मतदान गरेका थिए ।

८ लाखभन्दा धेरै मतदान केन्द्रमा भएको मतदानको मतगणना हातैले गर्नुपर्ने भएकाले कर्मचारीलाई अधिक कामको बोझ बढेको बताइएको छ । अधिक काम गरेकापछि बिमारी परेका चुनावका कर्मचारीको सङ्ख्या धेरै रहेको र उनीहरुमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने अनुमान छ ।

यसअघि इण्डोनेशियामा राष्ट्रपतीय, प्रान्तीय तथा संसदीय निर्वाचन बेग्लाबेग्लै मितिमा हुने भएपनि पछिल्लो पटक खर्च कम गर्न भन्दै तीनै निर्वाचन एकैदिन आयोजना गरिएको थियो ।

अधिक कामको बोझका कारण कर्मचारीको मृत्यु भएपछि त्यहाँको निर्वाचन आयोगको व्यापक आलोचना शुरु भएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  २ : २८ बजे

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा