कर नतिर्ने एनसेलको कार्यालयमा ताला लगाउनुपर्छ– रेखा थापा | Khabarhub Khabarhub

कर नतिर्ने एनसेलको कार्यालयमा ताला लगाउनुपर्छ– रेखा थापा


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– अभिनेत्री रेखा थापाले एनसेलबाट अर्बाैको पूँजीगत लाभकर असुलीका लागि दवाव दिन युवाहरुलाई आह्वान गरेकी छन् ।

चलचित्र निर्मातृसमेत रहेकी थापाले एनसेलले लुट मच्याउँदा पनि सरकारले केही गर्न नसकेको भन्दै त्यसविरुद्ध युवाहरु अग्रसर हुनुपर्ने बताइन् ।

आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अभिनेत्री थापाले एनसेलले करिव ४० अर्ब पूँजीगत लाभकर बुझाउन बाँकि रहेको उल्लेख गर्दै एनसेलको कार्यालयमा ताला लगाउन पनि सरकारलाई आग्रह गरिन् ।

एनसेलबाट पूँजीगत लाभकर असुली नगरेसम्म त्यस विरुद्धको आन्दोलनलाई निरन्तरता दिनुपर्ने अभिनेत्री थापाको भनाइ थियो ।

एनसेलले हाल करिव ४० अर्ब पूँजीगत लाभकर भुक्तानी गर्न बाँकी छ । तर, सरकारले त्यसलाई उठाउन चासो नदिएको नागरिक अगुवाहरुले गुनासो गरिरहेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  २ : २१ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड