को हुन् सपना चौधरी, जो बारम्बार हुन्छिन् ‘भाइरल’ | Khabarhub Khabarhub

को हुन् सपना चौधरी, जो बारम्बार हुन्छिन् ‘भाइरल’


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आफ्ना गीत र नृत्यका कारण भाइरल भएकी गायिका सपना चौधरी चर्चामा रहिरहन्छिन् । कहिले उनी आफ्नो नृत्यलाई लिएर सामाजिक सञ्जालमा चर्चामा रहन्छिन् भने कहिले उनी तस्वीरका कारण चर्चामा रहन्छिन् ।

सपना चौधरी हाल भने गौसेवाका कारण चर्चामा छिन् । तस्वीरमा उनी गाईको नजिक भुइँमा बसेको देख्न सकिन्छ । यी तस्वीरलाई गायिका चौधरीका फ्यानले रुचाएका छन् । चौधरीले पनि आफ्नो प्रतिक्रिया दिइरहेकी छिन् । सपना चौधरीले यी तस्वीर आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छिन् ।

पछिल्ला दिनमा सपना चौधरी राजनीतिक हलचललाई लिएर पनि चर्चामा रहने गर्छिन् । हालै दिल्लीमा भाजपा अध्यक्ष र उत्तर–पूर्वी दिल्लीका भाजपा प्रत्याशी मनोज तिवारीको नामांकन दर्ता गर्दा पनि सपना चौधरीलाई देखिएको थियो । सपना चौधरीले जमेर भाजपाको प्रचार गरेकी थिइन् ।

यसअघि सपना चौधरी कांग्रेस पार्टीमा पनि सामेल भएको खबर बाहिर आएको थियो । उनको प्रियंका गान्धीसँगको एक तस्वीर पनि भाइरल भएको थियो उनको । पछि उनले आफू कांग्रेसमा जान नलागेको बताएकी थिइन् ।

पछि मनोज तिवारीसँग पनि उनको तस्वीर सार्वजनिक भएको थियो । त्यतिखेर नै धेरैले उनी भाजपामा प्रवेश गरेको अड्कल काटेका थिए । त्यतिबेला पनि सपनाले आफू कुनै पार्टीमा नलागेको बताएकी थिइन् ।

स्टेजमा पनि सपना चौधरीले आफ्ना गीतबाट फ्यानलाई निकै नचाउन पोख्त छिन् ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  २ : ०२ बजे

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध