विराट कोहलीको बैंङ्लोरलाई रोहित शर्माको मुम्बईले घरेलु मैदानमा रोक्ला ? | Khabarhub Khabarhub

विराट कोहलीको बैंङ्लोरलाई रोहित शर्माको मुम्बईले घरेलु मैदानमा रोक्ला ?


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय क्रिकेटका दुई हस्ती कप्तान विराट कोहली र रोहित शर्माले नेतृत्व गरेका टोली रोयल च्यालेन्जर्स बैंङ्लोर तथा मुम्बई इन्यिडन्सबीचको खेल हुँदैछ । एम चिन्नास्वामी रंगशालामा हुने खेलमा घरेलु टोलीलाई मुम्बई चुनौती दिँदैछ ।

एक—एक खेल खेलेका बैंङ्लोर र मुम्बई दुबै पहिलो खेलमा पराजित भएका थिए । आफ्नो दोस्रो खेलमा बैंङ्लोर र मुम्बई एकअर्कामाथि जीत निकाल्ने लक्ष्यमा रहेका छन् ।

कप्तान कोहली र अर्का कप्तान शर्मा भारतीय क्रिकेटमा जतिचर्चामा छन् त्यति नै बढी अन्तर्राष्ट्रिय क्रिकेटमा पनि । भारतबाट टि—ट्वान्टी क्रिकेटमा सर्वाधिक रन बनाउनेमा रोहित शर्मा शीर्ष स्थानमा छन् भने कोहली दोस्रो स्थानमा रहेका छन् ।

विश्व चर्चित दुई खेलाडीले नेतृत्व गरिरहेका बैंङ्लोर र मुम्बईबीचको खेल रोमाञ्चक हुने अनुमान लगाइएको छ । मुम्बई आईपीएलको सफल टोलीमध्येमा पर्दछ भने बैंङ्लोर तीन पटक फाइनल प्रवेश गरेपनि उपाधि उचाल्न सकेको छैन् ।

रोहित शर्माको टोली मुम्बईले सन् २०१३, २०१५ र २०१७ मा गरी तीन सिजनको आईपीएल उपाधि उचालीसकेको छ भने कोहलीको नेतृत्वमा रहेको बैंङ्लोर सन् २०१६, २०११ र २००९ मा फाइनल प्रवेश गरेपनि उपविजेतामै सीमित बनेको हो ।

बैंङ्लोरमा हुने खेलमा मुम्बईले घरेलु दर्शकमाझ आईपीएलमा आफ्नो पहिलो जीत निकाल्ने योजना सहित मैदान उत्रिने छ भने पहिलो खेलमा कमजोर ब्याटिङ गरेको बैंङ्लोर आफ्ना प्रसंशकलाई खुसी पार्ने योजनाका साथ मैदान उत्रिनेछ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ५ : ०० बजे

व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

अत्तरिया– कैलालीमा व्यावसायिक तरकारी खेतीमा किसानले जोड दिन थालेका छन्

प्रधानमन्त्रीको दाबी : यो सरकारले देश र जनताको हितमा ऐतिहासिक काम गरेको छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको

बृखबहादुरको ९०औँ बर्थडे : करोडको जग्गा दान

सुनसरी– धरान १४ विजयपुर बस्ने बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्म

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा

वीरगञ्ज– नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर