अराजनीतिक गतिविधि त्याग्नुपर्छ : मुख्यमन्त्री पोख्रेल | Khabarhub Khabarhub

अराजनीतिक गतिविधि त्याग्नुपर्छ : मुख्यमन्त्री पोख्रेल


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ–  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ का इञ्चार्ज तथा मुख्यमन्त्री शङ्कर पोखरेलले विगतका क्रान्तिलाई सिरानीमा राखेर नेत्रविक्रम चन्द नेतृत्वको समूहले अराजनीतिक गतिविधि गर्न नमिल्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तुलसीपुर उपमहानगर कमिटीको शपथग्रहण तथा कार्यकर्ता भेला कार्यक्रममा उनले विगतका क्रान्तिसँग अहिले सो समूहको अराजनीतिक गतिविधिलाई तुलना गर्न नहुने बताए ।

“२००७ सालमा काङ्ग्रेसले हुकुमी शासन अन्त्य गरी लोकतान्त्रिक अधिकारका लागि हतियार उठाएको थियो, तत्कालीन मालेले पञ्चायती तानाशाहीविरुद्ध झापा आन्दोलनका क्रममा हतियार उठाएको थियो भने तत्कालीन नेकपा माओवादीले राष्ट्रप्रमुख राजा रहने व्यवस्थालाई अन्त्य गरी लोकतान्त्रिक प्रणालीबाट जनताको छोरो राष्ट्रप्रमुख रहने, धर्म निरपेक्ष नेपाल निर्माण गर्ने, निरङ्कुश राजतन्त्र फाल्न हतियार उठाएको थियो,” उनले भने ।

यी क्रान्तिले नै मुलुकले लामो सङ्घर्ष नेपालको संविधान पाएको र मुलुक समृद्धिको मार्गमा अघि बढेको भन्दै मुख्यमन्त्री पोखरेलले अहिले चन्द नेतृत्वको समूहले त्यही संविधानका विरुद्ध अराजनीतिक गतिविधि गरिरहेको तर, यस्ता गतिविधिलाई विगतका आन्दोलनसँग तुलना गर्न नमिल्ने बताउनुभयो । विगतमा भएका आन्दोलनले आफ्नो एजेण्डा पूरा गरिसकेकाले अहिले उक्त समूहको आन्दोलनको औचित्य नभएको उनको भनाइ थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ४ : ४४ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम