माथिल्लो त्रिशूली थ्री 'बी' शेयर बाँडफाँट–  प्रधानमन्त्री ओलीलाई २० कित्ता, अरु कसलाई कति ? | Khabarhub Khabarhub

माथिल्लो त्रिशूली थ्री ‘बी’ शेयर बाँडफाँट–  प्रधानमन्त्री ओलीलाई २० कित्ता, अरु कसलाई कति ?


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलोपटक बिक्री गरिएको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता शेयर परेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित शेयर बाँडफाँड कार्यक्रममा दिइएको जानकारीअनुसार प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि २० कित्ता नै शयेर परेको छ ।

यस्तै ऊर्जामन्त्री वर्षमान पुनलाई २० कित्ता, पूर्वसभामुख ओनसरी घर्तीलाई पनि २० कित्ता र ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाई समेत २० कित्ता शेयर परेको छ ।

शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालका अनुसार ५० हजार २६७ जनालाई जनही ३० कित्ता र एक लाख ५४ हजार ५५९ लाई भने २० कित्ता शेयर परेको छ ।

कूल ६७ आवेदन भने रद्द भएको छ । त्रिशूली जलविद्युत् कम्पनीले ३७ लाख पाँच हजार कित्ता शेयर यही चैत ७ देखि ११ गतेसम्म बिक्री गरेको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  २ : ११ बजे

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा