जग्गा लिजमा दिइएको बारे छानविन हुन्छ : प्रधानमन्त्री | Khabarhub Khabarhub

जग्गा लिजमा दिइएको बारे छानविन हुन्छ : प्रधानमन्त्री


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले यति समूहलाई जग्गा लिजमा दिइएको बारे छानविन हुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले पहिलेको मितिमा दिइकएको कुरामा अहिलेको सरकारलाई जोड्ने काम भएको भन्दै विरोधको प्रतिवादसमेत गरे ।

सत्तारूढ दल नेकपानिकट प्रेस संगठन नेपालका पदाधिकारीहरूको शपथग्रहण समारोहमा प्रधानमन्त्री ओलीले यसअघिका सरकारले गरेको बदमासीलाई पनि वर्तमान सरकारसँग जोडेर प्रचार भइरहेको दाबी गरे ।

‘कुन जमानामा सगरमाथा आरक्षको जग्गा लिजमा दिएको हो ? चुनाव हारिसकेपछि अल्पमतमा परेको सरकारका बेला बदमासी भएको छ,’ प्रधानमन्त्रीले भने ‘उहिलेको मितिमा दिएको कुरामा अहिलेको सरकारलाई जोडियो, तर अहिलेको सरकार कमिशनखोर होइन, जग्गा लिजमा दिइएको बारे छानविन हुन्छ।’

प्रधानमन्त्री ओलीले पहिले हचुवाका भरमा गोकर्ण रिसोर्टको जग्गा लिजमा दिइएको दाबी गरे । तर अहिले स्वतन्त्र विज्ञको सुझावका आधारमा सो जग्गा लिजमा दिइएको ओलीको भनाइ थियो । ‘अवधि बाँकी रहँदै बन्द नहोस् भनेर लिजमा दिइएको हो’ ओलीले भने ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ३ : ०९ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र