फूलको आँखामा फूलै संसार... | Khabarhub Khabarhub

फूलको आँखामा फूलै संसार…

बुबाको एकै व्यवहार २ छोराको बुझाई फरक फरक


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै सहरमा एउटा परिवार बस्थ्यो। परिवारमा दुई दाजुभाइ थिए। दुवै दाजुभाइको स्वभावमा आकाश, जमिनको अन्तर थियो। दुईमध्ये दाजुचाहिँ नामुद जँड्याहा थिए। बिहानदेखि राति नसुतुन्जेल जाँडरक्सी धोक्नु, पत्नी, छोराछोरीलाई मुख छाडेर गाली गर्नु र निर्ममतापूर्वक कुटपिट गर्नु उनको दैनिकी नै थियो।

उता भाइचाहिँ समाजका प्रतिष्ठित व्यापारी र समाजसेवी थिए। जाँडरक्सी छुँदै छुँदैनथे। परिवारका सदस्यलाई औधी माया गर्थे। कसैलाई कठोर वचन बोल्दैनथे। अरूलाई परेको बेलामा सक्दो मद्दत गर्थे। जँड्याहा र दुर्मुखा नै भए पनि दाजुलाई असाध्यै माया र सम्मान गर्थे। भाउजू र भतिजा–भतिजीलाई पनि सक्दो मद्दत गर्थे। दुई दाजुभाइलाई एकसाथ देख्ने र भोग्ने कसैले पनि उनीहरूलाई दाजुभाइ ठान्दैनथे।

एकपटक एक साधुले ती दुई दाजुभाइबारे धेरै कुरा सुने। दुवै दाजुभाइको स्वाभावबारे सुन्दा उनलाई अनौठो लाग्यो। उनलाई यसको रहस्य जान्ने उत्सुकता जाग्यो। उनी सोधखोज गर्दै दाजुको घरमा पुगे। रक्सी पिउँदै गरेका दाजुलाई भेटेर साधुले आफ्नो परिचय दिए र आउनुको कारण बताउँदै दाजुलाई आफू त्यसरी जाँडरक्सीको कुलतमा फस्नुको कारण सोधे। दाजुले मुख बिगार्दै भने–बुबा नामुद जँड्याहा हुनुहुन्थ्यो।

उहाँ जहिल्यै रक्सीको नशामा डुबिरहनुहुन्थ्यो। उहाँ मुखमा जे आयो त्यही शब्दले आमा र हामीलाई गाली गर्नुहुन्थ्यो, उठ्नै नसक्ने गरी कुटपिट गर्नुहुन्थ्यो। यस्तो माहोलमा हुर्केको मान्छे जँड्याहा नभए के हुन्छ त महाशय ?

साधु भाइको घरमा पुगे। उनले भाइलाई प्रश्न गरे– एकै परिवारमा हुर्केर पनि तपाईं दुई दाजुभाइबीच आकाश–जमिनको अन्तर छ। यस्तो कसरी सम्भव भयो ? भाइले हँसिलो अनुहार लगाउँदै जवाफ दिए– महात्मा, हाम्रो बुबा नामुद जँड्याहा हुनुहुन्थ्यो। उहाँ जहिल्यै रक्सीको नशामा डुबिरहनुहुन्थ्यो। जानेजति शब्दले आमा र हामीलाई गाली गर्नुहुन्थ्यो। जे पायो, त्यसैले हिर्काएर हामीलाई कैयौँचोटि घाइते बनाइदिनुहुन्थ्यो।

मैले बुबाको बानी देखेर आफू कहिल्यै त्यस्तो नबन्ने प्रण सानैदेखि गरेको थिएँ। जाँडरक्सी नछुने, छाडा नबोल्ने र कसैमाथि हात नउठाउने स्वभाव मैले बुबाबाटै सिकेको हुँ। साधुले मनमनै भने– कस्तो अचम्म! घटना एक, प्रेरणा फरक–फरक! आखिर ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ भनेको यही त होला!

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  १० : ५२ बजे

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज

पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरीकाे सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार