माछा किनेर खोलामा छाडेपछि माझी चित्रकार बने | Khabarhub Khabarhub

माछा किनेर खोलामा छाडेपछि माझी चित्रकार बने


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भगवान् बुद्ध एकपटक घुम्दै नदीकिनारमा पुगे। त्यहाँ एउटा माझी जाल हालेर माछा समातिरहेका थिए।

फर्लुङमा राखिएका माछा पानीको अभावमा तड्पी-तड्पी मरिरहेका थिए। यो देख्दा बुद्ध ज्यादै द्रवीभूत भए र माझीको नजिक गएर सोधे-तिमी यी निर्दोष माछालाई किन समातिरहेका छौ ?

माझीले भने-म यिनलाई समातेर बजारमा लगेर बेच्छु र धन कमाउँछु। बुद्धले भने-तिमी यी माछाको मूल्य मसित लेऊ र यिनलाई छाडिदेऊ।

बुद्धको कुरा सुन्दा माझी खुसी भए। उनलाई बजार जानु पनि परेन र पैसा पनि आयो। बुद्धले मूल्य चुक्ता गरे र ती तड्पिरहेका माछालाई नदीमै छोडिदिए।

बुद्धको हर्कत देखेर माझी चकित भए। उनले बुद्धलाई सोधे-महाराज, तपाईंले यी माछा किनेर फेरि किन नदीमै छाडिदिनुभयो ? बुद्धले भने-मैले यिनलाई पुनः जीवन दिन सकिन्छ कि भनेर किनेको हुँ। कसैको हत्या गर्नु पाप हो। कसैले तिमी वा तिम्रा आफन्तको घाँटी रेटेर हत्या गरिदियो भने तिमी वा तिम्रा आफन्तलाई कस्तो लाग्ला ?

बुद्धले फेरि भने-जसरी हावा र पानी नपाए मानिस बाँच्न सक्दैन, त्यसैगरी माछा पनि पानी नपाउँदा तड्पी-तड्पी मर्छन्। यी निर्दोष माछा तड्पेको तिमी कसरी हेर्न सक्छौ ?

बुद्धको कुरा सुनेर माझीका आँखा खुले। उनले हात जोडेर भने-महाराज म एउटा चित्रकार पनि हुँ। अब प्राणी हत्याको मार्ग छाडेर चित्रकारिताबाट आफ्नो आजीविका चलाउनेछु। त्यसपछि हिंसा छाडेर ती माझी एक सफल चित्रकार बने।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ६ : ४५ बजे

माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

कैलाली – कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर आज एक महिलाको

बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख

काठमाडौं महानगरद्वारा दाङ र गुल्मीका दुई पालिकालाई राहत प्रदान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई

कर्णाली नदीमा किशोरीको शव फेला

बाजुरा- कर्णाली नदीमा शनिबार दिउँसो एक महिलाको शव फेला परेको

आजका समाचार : संसदीय दलको बैठकदेखि क्रिकेटमा नेपाल विजयीसम्म

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित