मंसिर १४ गते पोखरामा सवारी साधन चलाउन नपाइने | Khabarhub Khabarhub

मंसिर १४ गते पोखरामा सवारी साधन चलाउन नपाइने


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– जिल्ला प्रशासन कार्यालयले कास्की क्षेत्र नं–२ मा यही मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचनका अवधिमा अति आवश्यक सेवा सवारीसाधन बाहेकका सवारी साधनको प्रवेश र सञ्चालनमा रोक लगाएको छ ।

मङ्सिर १३ गते राति १२: ०० बजेदेखि सो बन्देज शुरु भएपछि निर्वाचनको अवधिभर जारी रहने सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।

अति आवश्यक सेवामा एम्बुलेन्स, शवबाहन, दमकल, खानेपानी, ट्याङ्कर, दूरसञ्चार, विद्युत् र अस्पतालभित्रका सेवाका साथै चुनाव प्रयोजनका लागि पास लिएका सवारीसाधनलाई रोक लगाइएको छैन् ।

यसका साथै, कास्की क्षेत्र नं–२ भएर अर्को जिल्लामा आवतजावत गर्ने सवारी साधनलाई पूर्वमा विजयपुर खोला, पश्चिम–उत्तरमा याम्दी पुल, दक्षिण–पश्चिममा कालीमाटी खोलामा गाडी रोकेर राखिने सूचनामार्फत जानकारी गराइएको छ ।

त्यस्ता गाडीलाई तीन/तीन घण्टाको अन्तरालमा स्किर्टिङ गर्ने र बीचमा कुनै यात्रुलाई चढाउन तथा ओराल्न नपाउने गरी व्यवस्था मिलाइएको छ । यसका साथै, मतदान समाप्त नहुँदासम्मको अवधिमा अपरिचित व्यक्तिको प्रवेश, अस्वभाविक व्यवहार, शङ्कास्पद गतिविधि देखिएमा नजिकैको प्रहरीलाई तत्काल खबर गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ३ : १३ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई