हङकङको प्रदर्शनलाई समर्थन गर्ने विधेयकमा अमेरिकी राष्ट्रपतिको हस्ताक्षर | Khabarhub Khabarhub

हङकङको प्रदर्शनलाई समर्थन गर्ने विधेयकमा अमेरिकी राष्ट्रपतिको हस्ताक्षर


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङ्‌कङका प्रदर्शनकारीलाई समर्थन गर्ने विधेयकमा हस्ताक्षर गरेका छन् । यो हस्ताक्षरले चीन अमेरिकासँग चिडिन सक्ने संकेत देखिएको परराष्ट्र मामिलाका जानकारहरु बताउँछन् ।

अमेरिकी कंग्रेसले पारित गरेको उक्त विधेयक अब कानून बनेको छ। हङ्‌कङ प्रजातन्त्र तथा मानव अधिकार कानुनले हङ्‌कङले बाँकी चीनबाट पर्याप्त स्वायत्तता हासिल गरे नगरेको विषयमा वार्षिक समीक्षा गर्ने प्रस्ताव गरेको छ।

ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङ, चीन र हङ्‌कङका जनताप्रति सम्मान व्यक्त गर्न आफूले नयाँ कानूनमा हस्ताक्षर गरेको बताए।

तर त्यो कानूनले चीनका पक्षमा भने छैन । चिनियाँ अधिकारीहरूले यसअघि नै अमेरिकालाई चिनियाँ आन्तरिक मामिलामा “हस्तक्षेप नगर्न” चेतावनी दिइसकेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले चीन-अमेरिका व्यापार युद्धलाई अन्त्य गर्न चीनसँग व्यापार सम्झौता गर्न खोजिरहेका छन्।

उनले हङ्‌कङसँग सम्बन्धित अर्को कानुनमा पनि हस्ताक्षर गरेका छन्। त्यसले हङ्‌कङ प्रहरीलाई भिड नियन्त्रण गर्न प्रयोग गर्ने अश्रुग्यास, रबरका गोली र स्टेन गनजस्ता अस्त्र निर्यातमा प्रतिबन्ध लगाइदिएको बीबीसीले उल्लेख गरेको छ ।

ट्रम्पको भनाइमा “चीन र हङ्‌कङका नेता तथा प्रतिनिधिहरू आफ्ना मतभेदहरू शान्तिपूर्ण तरिकाले हल गरून् र सबैका लागि दीर्घकालीन शान्ति र समृद्धि हासिल होस् भनेर (ती विधेयकहरू) लागु गर्न लागिएको” हो।

यो विधेयक गत जुन महिनामा हङ्‌कङमा प्रदर्शनहरू शुरु हुन लाग्दा अमेरिकी कंग्रेसमा प्रस्तुत गरिएको र गत महिना कंग्रेसबाट अत्यधिक बहुमतले पारित भएको थियो।

त्यो विधेयकमा हङ्‌कङ चीनको भाग हो र त्यसको आफ्नै कानूनी र आर्थिक व्यवस्था रहेको उल्लेख छ। वार्षिक समीक्षाले हङ्‌कङको कानुनमा निर्दिष्ट गरिए झैँ त्यहाँका नागरिकको स्वतन्त्रता र कानूनी शासनलाई चीनले चलाए नचलाएको भन्ने विषयको आकलन गर्ने पनि उल्लेख गरिएको छ ।

चिनियाँ मुख्य भूमिमा लागु हुने अमेरिकी कर वा नियम स्वायत्त क्षेत्रको रूपमा रहेको हङ्‌कङमा चाहिँ लागु हुने गरेको छैन।

त्यो कानुनमा अमेरिकाले हङ्‌कङका नागरिकलाई विरोधका क्रममा पक्राउ परेको अवस्थामा पनि प्रवेशाज्ञा दिन सक्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ९ : २६ बजे

जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई सुरक्षा अधिकारी पक्राउ

काठमाडौं- युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा

म्याग्दीको विकट खतेन गाउँमा विद्युतीकरण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा  विद्युत् सेवा विस्तार भएको

एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

ताप्लेजुङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित

सुनकोसी मरिण डाइभर्सनको सुरुङको ब्रेक थ्रू आज 

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको

ओलीसँग नेपाल बिच्किँदा सोडारीलाई संकट, बझाङ देखाएर एमालेले अड्कायो विश्वासको मत

काठमाडौं– केन्द्रीय गठबन्धनमा भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा गत वैशाख