पूर्वप्रेमिकाका नग्न तस्वीर सार्वजनिक गर्ने धम्की दिने नेपाली युवक अस्ट्रेलियामा पक्राउ | Khabarhub Khabarhub

पूर्वप्रेमिकाका नग्न तस्वीर सार्वजनिक गर्ने धम्की दिने नेपाली युवक अस्ट्रेलियामा पक्राउ


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी-पूर्व प्रेमिकाका नग्न तस्वीर सार्वजनिक गर्ने धम्की दिने एक नेपाली विद्यार्थी अस्ट्रेलियामा पक्राउ परेका छन् ।

प्रेमिकाले अर्कै युवकसँग बिहे गर्ने तय गरेपछि उनले धम्की दिएको र तिनै युवतीको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अस्ट्रेलियाको युनिभर्सिटि अफ साउथ अस्ट्रेलियामा अध्ययनरत २५ बर्षीय नेपाली युवकले विगतमा आफूसँग बिताएका बेलाको नग्न फोटो सार्वजनिक गर्ने भन्दै धम्की दिएका थिए ।

उनले घर परिवारलाई पनि फोटो पठाइदिने भनेपछि युवतीले प्रहरीको सहयोग लिएकी थिइन ।

प्रहरीका अनुसार उनले वेलायतमा रहेकी आफ्नी पुर्व प्रेमिकाले अर्कैसँग विहे गरेको आवेगमा धम्कीपूर्ण म्यासेज लेखेका थिए ।

प्रहरीले आरोपित युवकलाई स्थानीय अदालतमा यौनदुव्र्यवहार गरेको मुद्दा लगाएको छ ।

स्थानीय समाचार संस्थाका अनुसार युवकले आफु विदेशी नागरिक भएकाले अस्ट्रेलियामा आफुविरुद्ध कुनै पनि मुद्दा लाग्न नसक्ने बताउँदै युवतिलाई धम्क्याउँदै आएका थिए ।

पक्राउ परेका युवक प्रहरी हिरासतमा छन् । प्रहरीले उनको कुनै परिचय पनि सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ९ : ०८ बजे

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको