काठमाडौंमा ३ करोड रुपैयाँका नयाँ सिसिटिभी क्यामरा जडान हुने | Khabarhub Khabarhub

काठमाडौंमा ३ करोड रुपैयाँका नयाँ सिसिटिभी क्यामरा जडान हुने


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यका विभिन्न स्थानमा सिसिटिभी क्यामरा जडानका लागि प्रहरीलाई ३ करोड रुपैयाँ प्रदान गरेको छ ।

बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा महानगरका प्रमुख विद्या सुन्दर शाक्यले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई ३ करोड रकमको चेक हस्तान्तरण गरे ।

उपत्यकाभित्र अहिले ४ सय ६० वटा सिसिटिभि क्यामेरा जडान गरिएको छ । महानगरपालिकाले प्रदान गरेको ३ करोडबाट आवश्यक परेका ठाउँमा नयाँ सिसिटिभी क्यामरा जडान गरिने छ । कुन स्थानमा र कति वटा क्यामरा जडान गर्ने भन्ने विषयमा भने निर्णय भइसकेको छैन ।

महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले राम्रो कामको थालनीका लागि रकम हस्तान्तरण गरेको बताइन् । ‘घटना घट्ने र बाहिर नआउने वातावरण भएकाले सूचना लिनका लागि सिसिटिभी आवश्यक रहेको उनको भनाइ छ ।’

उक्त क्यामेरा जडान गरेपछि सार्वजनिक स्थानमा फोहोर फ्ँयाक्ने व्यक्ति पत्ता लाग्ने र अनैतिक कार्यमा संलग्नहरुलाई पक्रन सहज हुने कुरामा विश्वस्त रहेको समेत उनले बताइन् ।

‘यसअघिसम्म अपराधी पक्रनका लागि सिसिटिभी राखिन्थ्यो, अब भने अपराध हुन नदिन राखिन्छ,’ महानगरका प्रमुख शाक्यले भने ।

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सिसिटिभी क्यामराले अपराधलाई नियन्त्रण र अनुसन्धान गर्न वैज्ञानिक भूमिका खेल्ने बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ६ : ४२ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र